मुख्यमन्त्रीलाई टीम इन्डिया्को ओलम्पिक जर्सी हस्तान्तरण

IMG-20240914-WA0269

गान्तोक: सिक्किमका छोरा तथा अन्तर्राष्ट्रिय आर्चर तरुणदीप राईले आज राज्यका मुख्यमन्त्रीसित भेट गरेर भारतीय आर्चर टोलीले हस्ताक्षर गरेको आधिकारिक टीम इन्डिया ओलम्पिक जर्सी हस्तान्तरण गरे। उल्लेख्य, उक्त जर्सी भर्खरै सम्पन्न पेरिस ओलम्पिकमा सहभागी भारतीय आर्चरहरुले प्रयोग गरेका थिए। भेटको क्रममा मुख्यमन्त्री प्रेमसिंह तामाङले पेरिस ओलम्पिकमा राष्ट्रको प्रतिनिधित्व गर्ने भारतीय आर्चरहरुबाट सम्मान पाउँदा खुसी व्यक्त गरे। मुख्यमन्त्रीको सरकारी निवास मिन्तोकगाङमा भएको भेटमा मुख्यमन्त्रीले भविष्यका लागि शुभकामना दिँदै देशको महिमा बढ़ाइरहने उल्लेख गरे।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement