गान्तोक: गेजिङ जिल्ला अन्तर्गत सञ्चालित महात्मा सिरिजङ्गा सरकारी वरिष्ठ माध्यमिक विद्यालयको कौस्तुभ जयन्ती तयारीलाई लिएर आज एक सभा बर्मेक बजारमा सम्पन्न भयो। उक्त सभामा विधायक लोकनाथ नेपाल लगायत अन्यहरूको पनि उपस्थिति रहेको थियो। यस अवसरमा आयोजक समिति गठन गरियो, जसमा मुख्य संरक्षकको रूपमा विधायक लोकनाथ नेपाललाई मनोनित गरियो भने संरक्षककोरूपमा सिक्किम मिल्क यूनियनका अध्यक्ष वाइके मिश्रा, पुलिस अधिक्षक नकूल प्रधान र खण्ड विकास अधिकारी कैलाश गुरूङ रहेका छन्। यसरी नै सल्लाहकारमा एमएल सुब्बा, पाल्देन लेप्चा, डीबी सुवेदी र फूर्वा शेर्पा रहेका छन् भने समारोह समितिको अध्यक्षको पदमा मल्ली चेक पोस्टका पुलिस प्रभारी किशोर छेत्री, उपाध्यको पदमा एबी सुब्बा र प्रितम गुरूङलाई मनोनित गरियो।









