स्यारी क्षेत्रका अधुरो योजनाहरुमाथि जिल्ला प्रशासनको कड़ा निगरानी

IMG-20240914-WA0272

गान्तोक: स्यारी निर्वाचन क्षेत्रमा सञ्चालित विभिन्न विकास योजनाहरुको समीक्षा गर्न जिल्ला प्रशासनका अधिकारीहरुको एक टोलीले विभिन्न विभागीय अधिकारीहरुसँग संयुक्त निरीक्षण गरेको छ। जिल्लापाल तुषार निखारेको नेतृत्वमा भएको निरीक्षणमा स्यारी क्षेत्रका विधायक तेन्जिङ लाम्टा पनि सामेल थिए। मुख्यगरि प्रधानमन्त्री ग्रामीण सड़क योजनाअन्तर्गत सडकको अवस्था, जल जीवन मिशनको जायजा लिएका थिए। यसरी नै अविरल वर्षाले क्षतिग्रस्त घरपरिवार, गाउँलेहरूलाई जोखिममा पार्ने सडक, क्षतिग्रस्त सडकबारे पनि जानकारी लिएका थिए। निरीक्षणमा ढल निकास निर्माण र पावर प्रोजेक्टमा ओहोरदोहोर गर्ने ट्रकहरूबारे पनि जायजा लिएको थियो। निरीक्षण लोवर ताथाङ्चेनबाट शरु भएको थियो जहाँ सडकको अवस्थाबारे चर्चा गरिएको थियो। टोलीले देवरालीमा नवनिर्मित पुलिस स्टेशनमुनि भएको भर्खरैको पैह्रोको पनि निरीक्षण गर्यो। टोलीले कोपीबारी वार्डमा बाँकी रहेको सडक निर्माणको निरीक्षण गरेको छ। यहाँ टोलीले सडकको ग्रेडिङ सम्भव नभएको पाएको र सडक तथा पुल विभागलाई सर्वेक्षणको निर्देश गरेको छ। निरीक्षणको क्रममा जिम्पुङ वार्डमा सञ्चालित योजना कार्य सन्तोषजनक नभएको र खानेपानीको पाइपलाइनहरु जडान नभएको जसले गर्दा जनताले गुनासो गरेको छ। नान्डोकमा अधुरो सडकले पानी बगेर गाउँलेहरूलाई गम्भीर खतरा भएको गुनासो आएपछि त्यसको पनि निरीक्षण गरिएको छ। जिल्लापालले कतिपय योजनाहरुमा असन्तुष्टि जाहेर गरेपछि त्यसमाथि सम्बन्धित निकायले प्रभावी पहल गर्ने निर्देश गरेको छ। मुख्यगरि भारी वर्षाले धेरैवटा ठाउँहरुमा नोक्सान पुऱ्याएको थाह पाएपछि प्रशासनले यस दिशामा शीघ्र कदम चाल्ने निर्देश दिएको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement