कृषि मन्त्री पुरण गुरूङले जनाए मन्सुन सम्मेलनमा सहभागिता

photocollage_2024914231656693

गान्तोक: राज्यका कृषि एवम् वागवाणी विभाग मन्त्री पुरण गुरूङले शुक्रबार उडिसाको भिवान्ता भुवनेश्वरमा सम्पन्न भएको पहिलो मनसुन राष्ट्रीय स्तरको शिखर सम्मेलनमा सहभागिता जनाए। यस कार्यक्रमको मुख्य उद्देश्य देशको कृषि ढाँचामा पशुधन भूमिकालाई बढावा दिनु रहेको थियो। उक्त कार्यक्रमको अध्यक्षता केन्द्रीय मत्स्यपालन, पशुधन एवम् डेयरी मन्त्री राजन सिंहले गरेका थिए। भारतको कृषिमा पशुधनले महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने साथै खाद्य सुरक्षा, रोजगारी (जनसंख्याको ९%), र राष्ट्रको कुल मूल्य अभिवृद्धि गर्नमा सक्षम बन्दैछ। यसले कृषि र सम्बद्ध क्षेत्रहरूको ३०% ओगटेको छ, लाखौं किसानहरूको जीविकोपार्जनमा यसको महत्त्वबारे प्रकाश पार्दै भारत सरकारको मत्स्यपालन, पशुपालन र डेयरी विभागले विभिन्न केन्द्रीय प्रायोजित र केन्द्रीय क्षेत्रका योजना र कार्यक्रमहरू मार्फत यस क्षेत्रलाई सहयोग गर्ने आफ्नो प्रतिबद्धता दोहोराए। ‘मनसुन मिट २०२४’ को उद्देश्य राज्य र केन्द्र शासित प्रदेशहरू बीचको सहकार्यलाई बढावा दिन, तल्लो तहमा प्रभावकारी कार्यक्रम कार्यान्वयन सुनिश्चित गर्न एक अभिसरण ढाँचाको निर्माणलाई प्रोत्साहित गर्नु रहेको थियो।
यस अवसरमा सिक्किम राज्यका कृषि एवम वागवाणी विभाग मन्त्री पुरन कुमार गुरुङ, प्रमुख निर्देशक सह सचिव डा. शरमन राई र अतिरिक्त निर्देशक डा. पेम छिरिङ भोटिया लगायत अन्य अधिकारीहरूले पनि सहभागिता जनाएका थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement