जलपाईगुडी: पूर्व खेलाडीहरू जलपाईगुडीमा विरुवा रोपण कार्यक्रम चलाइ रहेका छन्। जलपाईगुडी वेटरन स्पोर्ट्स क्लब र जेवाइसिसि क्लबको संयुक्त पहलमा आज जिवाइसिसि मैदान वरीपरी सयौं बिरुवा रोप्ने कार्यक्रमको आयोजना गरियो। वृक्षारोपण कार्यक्रममा उपस्थित खेलाडीहरुको पनि धेरै संख्यामा सहभागिता रहेको थियो। ग्लोबल वार्मिङबाट वातावरण जोगाउन यो वृक्षारोपण कार्यक्रम गरिएको उनले बताए।









