खरसाङ: श्री सत्य साई सेवा सङ्गठनको आयोजनामा सम्पन्न श्री सत्य साई युनिटी कप क्रिकेट प्रतियोगिता अन्तर्गत पश्चिम बंगाल(दुइ) को दक्षिण दार्जीलिङ जिल्लाको आयोजनामा लोहागढ समिति अन्तर्गत पर्ने कटहरे खेल मैदानमा आजदेखि सम्पन्न भयो। श्री सत्य साई बाबाको तस्विरमा धूप-दीप प्रज्वलन एवम् माल्यार्पण तथा वेदपाठ गरेपछि आरम्भ गरिएको प्रथम दिनको उद्घाटनी म्याच श्री सत्य साई जयगाउँ समिति अनि सामसिङ समिति माझ सम्पन्न भयो। यस म्याचमा टस जितेर सामसिङ समिति पहिलो ब्याटिङ गर्न मैदानमा उत्रिएका थिए। तिनीहरूले निर्धारित बीस ओभरमा सोह्र ओभर चार बल खेलेर ९७ रन बनाएर अल आउट भए। तिनीहरूले जयगाउँलाई ९८ रनको लक्ष्य दिएको थियो। जसलाई पछ्याउँदै जयगाउँ समितिले सहजै बाह्र ओभर एक बलमा आफ्नो जीत हासिल गरे। बिरेन छेत्री अनि सिद्धान्त छेत्री निर्णायक रहेको यस उद्धाघनी समारोहमा श्री सत्य साई सेवा सङ्गठन, पश्चिम बंगाल राज्य(दुइ) का अध्यक्ष विजय मंगर, दक्षिण दार्जीलिङ जिल्लाका सभापति बुद्ध कुमार तामाङ लगायत सङ्गठनको राज्य, जिल्ला अनि विभिन्न समितिका पदभारीहरू उपस्थित थिए। प्रथम दिनको यस म्याचको म्यान अफ द म्याच जयगाउँ समितिको क्याप्टन जयदीप माइती भए।जीवन एक खेल हो, यसलाई खेल भन्ने श्री सत्य साई बाबाको दिव्य सन्देशलाई लिएर आरम्भ गरिएको यस युनिटी कपको दोस्रो दिनको खेलमा आइतवार दुइवटा म्याच हुनेछ, जसमा प्रथममा जयगाउँ अनि सामसिङ समिति माझ हुनेछ भने दोस्रो म्याच खरसाङ समिति अनि लोहागढ समितिमाझ हुनेछ।









