सोनादा: विगतको राजनीतिमा अरूलाई दोष दिने र दोष देखाउने हुँदा नै पहाड़ विकासदेखि वञ्चित भएर पछाडिएको भनी गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनको प्रमुख अनित थापाले बताएका छन्। उनले रंगबुल सार्वजनिक भवन उदघाटन समारोहमा मुख्य अतिथिको रूपमा बोल्दै उक्त कुरा बताएका हुन्। जीटीएको प्रमुख कार्यपाल अनित थापाले आफ्नो सम्बोधनमा आफु मनोनित चेयरम्यान हुँदा मै यस हलको लागि निवेदन आएको थियो र अहिले निर्माण भएर पनि उदघाटन भएको छ भनी बताएका छन्। उनले विकास प्रक्रिया हो जुन विस्तारै हुँदै जान्छ तर हामी विकासमा धेरै पछाडिएका छौं भनी बताएका छन्। अनित थापाले विगतमा दोष दिने राजनीति गरेर मै पहाड़ विकासदेखि वञ्चित हुँदै पछाड़िएको हो भनी बताएका छन्। थापाले भने, हाम्रो पहाड़ राम्रो पहाड़ बनाउनु म अघि आएको तर म विकासको लागि मात्र आएको होइन विकासको जिम्मेवारी तपाई हाम्रो पनि हो र पहाड़ हाँसिरहनु पर्ने पनि हो।’
आफ्नो सम्बोधनमा जीटीए प्रमुख अनित थापाले अघि भने, “भोट कसलाई दिनु कसलाई नदिनु आफ्नो आफ्नो इच्छा हो। तर भोट कतातिर दिन्दा पहाड़को भलाई त्यो बुझ्नुपर्छ। अनित थापाले गोर्खाल्याण्ड बेच्यो भनेर गाली गर्दै गयो सबैले। चर मैले गाली खाएर पनि त्यो सोचलाई परिवर्तन गरेर अघि आएको छु। पहाड़लाई विकासको मार्गमा अघि लानलाई आएको छु। मैले यी सबै कुर्सीको लागि गरेको होइन तर मैले सहेर काम गर्दैछु।”
उनले अझ भने, ‘आजकल मान्छेले मन परेको मन नपरेको भन्नु पाउँछ। मैले रियाक्ट गरेको छुँइन। मैले मेरो आफ्नै मान्छेलाई रियाक्ट गर्नु हुँदैन। मैले पनि बुझ्नुपर्छ मान्छेले के मन पराउँछ र के मन पराउँदैन भनेर। सो तपाईहरूले भूल गरेको होइन तर मैले पहाड़को विकासको लागि सरकारसित मिलेर काम गरेको हो। हामीले काम गरेर पहाड़मा राम्रो माहोल सिर्जना भएको छ। अब रोप्नुपर्छ र फल फल्छ।’









