जीटीए प्रमुख अनित थापाको बाहुलीबाट रङ्बुल सीधा लाइन परिवार समाजको सार्वजनिक भवनको उदघाटन

IMG-20240914-WA0229

सोनादा: गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनको दार्जिलिङ आन्त्रिकी विभागद्वारा रङ्बुल सीधा लाइन परिवार समाजको सार्वजनिक भवन जीटीए प्रमुख अनित थापाको बाहुलीबाट उदघाटन गरिएको छ। उक्त सार्वजनिक भवनको उदघाटन समारोहमा मुख्य अतिथिको रूपमा जीटीएको प्रमुख कार्यपाल अनित थापा उपस्थित रहेका थिए भने विशिष्ठ अतिथिहरूमा जीटीएको डेपुटी चेयरम्यान राजेस चौहान, सभासदहरू सतीस पोखरेल, नुरी शेर्पा, उदय देवान, सन्दीप छेत्री, सुखिया पोखरी खण्ड विकास अधिकारी दावा माईला डुक्पाकी पत्नी, पञ्चायत प्रधान, पञ्चायत सदस्यहरू लगायत अन्यहरू उपस्थित रहेका थिए। यसै सार्वजनिक भवन उदघाटन समारोहमा सीधा लाइन परिवार समाजद्वारा जीटीए प्रमुख अनित थापा, डेपुटी चेयरम्यान राजेस चौहान र माईला डुक्पाकी पत्नीलाई सम्बर्द्धना जनाइएको छ। यस सार्वजनिक भवन उदघाटन समारोहमा मुख्य अतिथिको रूपमा बोल्दै जीटीएको प्रमुख कार्यपाल अनित थापाले आफ्नो सम्बोधनमा आफु मनोनित चेयरम्यान हुँदा मै यस हलको लागि निवेदन आएको थियो र अहिले निर्माण भएर पनि उदघाटन भएको छ भनी बताएका छन्। उनले विकास प्रक्रिया हो जुन विस्तारै हुँदै जान्छ तर हामी विकासमा धेरै पछाडिएका छौं भनी बताएका छन्। अनित थापाले विगतमा दोष दिने राजनीति गरेर मै पहाड़ विकासदेखि वञ्चित हुँदै पछाड़िएको हो भनी बताएका छन्। थापाले भने, “हाम्रो पहाड़ राम्रो पहाड़ बनाउनु म अघि आएको तर म विकासको लागि मात्र आएको होइन विकासको जिम्मेवारी तपाई हाम्रो पनि हो र पहाड़ हाँसिरहनु पर्ने पनि हो।’

यस समाज घरको उदघाटन कार्यक्रम विषयमा पत्रकारहरूसित कुराकानी गर्दै रङ्बुल सीधा लाइन परिवार समाजको सचिव लक्ष्मण ठकुरीले विस्तृत रूपमा जानकारी गराएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement