जलपाईगुडी: दिल्लीमा हुने वल्र्ड फूड इन्डियामा जलपाईगुडीको चिया समावेश गरिनेछ। संगठनका अध्यक्ष विजय गोपाल चक्रवर्तीले शनिबार जलपाईगुडी जिल्लाको साना चिया किसान संगठनद्वारा आयोजित पत्रकार सम्मेलनमा यस्तो जानकारी दिए। साना चिया किसान र बीउ बगानका प्रतिनिधिहरूको उपस्थितिमा श्री चक्रवर्तीले जलपाईगुडी जिल्लाको १५०औँ वार्षिकोत्सवको अवसरमा दिल्लीमा १९ देखि २२ सेप्टेम्बरसम्म विश्व खाद्य भारत प्रदर्शनी हुन लागेको बताए। सबैभन्दा ठूलो चिया उत्पादन गर्ने जिल्ला हो र उत्पादन हुने चियाको ६५ प्रतिशत साना चिया उत्पादकहरूले उत्पादन गर्छन्।









