सिलगढी: पश्चिम बंगालका पूर्व मुख्यमन्त्री स्व. कमरेड बुद्धदेव भट्टाचार्य र सीपीएम महासचिव सीताराम यचुरीको सम्झनामा सिलगढीमा श्रद्धाञ्जली सभा आयोजना हुँदैछ। यो श्रद्धाञ्जली सभा १९ सेप्टेम्बर दिउँसो ३ बजे सिलगढीको दीनबन्धु मञ्चमा हुनेछ। दार्जिलिङ जिल्ला वाम मोर्चाका संयोजक जीवेश सरकारले शनिबार सिलगढीको अनिल विश्वास भवनमा पत्रकार सम्मेलनमा यस्तो बताए। पत्रकार सम्मेलनमा दार्जिलिङ जिल्ला वाम मोर्चा सचिव समन पाठक पनि उपस्थित थिए। श्रद्धाञ्जली सभामा राज्य सचिव मोहम्मद सलिम पनि उपस्थित हुनेछन्।









