नयाँ दिल्ली: अष्ट्रेलियाका स्टार पेस बलर मिचेल स्टार्कले विराट कोहलीसँग आफ्नो प्रतिद्वन्द्विताबारे खुलेर बोल्दै उनी यस भारतीय प्रतिद्वन्द्वीसँग प्रतिस्पर्धाको पूरा आनन्द लिने बताए। भारत र अष्ट्रेलियाबीच २२ नोभेम्बरदेखि पर्थमा शुरु हुने बोर्डर-गावस्कर ट्रफीमा यी दुई क्रिकेटरबीच फेरि एकपल्ट भिड़न्त हुनेछ। स्टार्कले भने, म विराट कोहलीसँग मैदानमा आफ्नो लड़ाइँको पूरा आनन्द लिन्छु। हामीले एकार्काविरुद्ध धेरै क्रिकेट खेलेका छौं। हामी दुईबीच केही असल प्रतिस्पर्धा पनि भएको छ। मैले उनलाई एक-दुईपल्ट आउट गरेको छु अनि यस कुरामा कुनै सन्देह छैन कि उनले मेरो बलिंगमा धेरै रन बनाएका छन्। यसैकारण प्रतिस्पर्धा राम्रो हुन्छ अनि हामी दुवै यसको आनन्द लिन्छौं। उल्लेखनीय छ, स्टार्कले टेस्ट क्रिकेटमा कोहलीलाई ४ पल्ट आउट गरेका छन्। यसरी भारतका शीर्ष ब्याटरले पनि यस पेस बलरविरुद्ध ५९-को औसतले रन बनाएका छन्।
भारतले अब अष्ट्रेलियाविरुद्ध ५ वटा टेस्ट म्याचको सीरीज खेल्नेछ। यो सीरीज नोभेम्बरमा शुरु भएर आउँदो साल जनवरीसम्म चल्नेछ। सीरीज आईसीसी वर्ल्ड च्याम्पियनशीप चक्रको पनि हिस्सा हुनेछ। यसैकारण आउँदो सीरीजमा कोहली र स्टार्कबीचको लड़ाइँ महत्त्वपूर्ण फ्याक्टर हुने कुरामा कुनै सन्देह छैन। भारत र अष्ट्रेलियाबीच सीरीजको पहिलो टेस्ट २२ नोभेम्बरदेखि पर्थको अप्टस स्टेडियममा शुरु हुनेछ। त्यसपछि दोस्रो टेस्ट डे-नाइटको हुनेछ, जुन ६ दिसम्बरदेखि एडिलेडमा खेलिनेछ। तेस्रो टेस्ट १४ दिसम्बरदेखि गाबामा शुरु हुनेछ जबकि २६ दिसम्बरदेखि मेलबर्न क्रिकेट ग्राउण्डमा बक्सिंग डे टेस्ट म्याच खेलिनेछ। अन्तिम टेस्ट म्याच ३ जनवरीदेखि सिडनीमा खेलिनेछ।










