भद्रपुर: जीवित ब्यक्तिलाई मृत्यू भएको भनि झुठो सर्जमिन गरि दिएको अभियोगमा सुनसरीको देवानगञ्ज गाउँपालिका एक वडाध्यक्ष पक्राउ परेका छन्।
जवरजस्ती करणी मुद्दामा सजाय तोकिएका स्थानीय रामानन्द यादवलाई सजायबाट बचाउन उनको मृत्यू भइसकेको भनि सर्जमिन मुचुल्का बनाइदिएको अभियोगमा देवानगञ्ज ७ का वडाध्यक्ष सूर्यनारायण यादवलाई प्रहरीले पक्राउ गरेको हो।
स्थानीय एक महिलामाथि जवरजस्ती करणी गरेको अभियोगमा रामानन्द यादव विरुद्ध सुनसरी जिल्ला अदालतबाट २०२2 मई २ मा १० वर्ष कैद सजायको फैसला भएको थियो।
फैसलापछि फरार रहेका यादवका पिता सिताराम यादवले रामानन्द यादवको २००५ अप्रैल ३०मा नै मृत्यू भएको भनि तत्कालिन गाविस कार्यालयमा झुठा विवरण पेश गरेर पञ्जिकाधिकारीबाट मृत्यू दर्ता प्रमाण पत्र बनाएर निवेदनसाथ अदालतमा लगत कट्टाका लागि मृत्यू दर्ता प्रमण पेश गरेका थिए।
उक्त मृत्यु दर्ता प्रमाण पत्र बनाईदिने निजामती सेवाका कर्मचारी भने जिल्ला प्रशासन कार्यालय सुनसरीको मातहतमा रहेको इलाका प्रशासन कार्यालय हरिनगरामा कार्यरत रहेको पाइएको छ।
तत्कालिन राजगञ्ज सिनवारी गाविसबाट २००६ मई १९मा मृत्यु दर्ता प्रमाणपत्र बनाएको तथ्य फेला परेको छ । उक्त मृत्यु दर्ता प्रमाणपत्रमा तत्कालीन गाविस सचिव सगमलाल चौधरीले प्रमाणित गरेको खुलेको छ।
हाल इलाका प्रशासन कार्यालय हरिनगरामा कार्यालय प्रमुखसमेत रहेका नायव सुब्बा सगमलाल चौधरीले आफुले जनप्रतिनिधिसमेत नभएको अबस्थामा गाविसमा कामकाज गर्दा स्थानिय सुचकका आधारमा मृत्यु दर्ता प्रंमाणपत्रमा हस्ताक्षर गरेको स्विकारेका छन।
चौधरीले तत्कालीन अवश्थामा द्धन्दको समय भएकाले दक्षिणवर्ती क्षेत्रमा निजामती सेवाका कर्मचारी कामकाजमा खटिएर जान नमान्ने अवश्था रहेकाले आफु गएर कामकाज गर्दा स्थानियको विश्वास र सुचकको आधारमा निज व्यत्तीको मृत्यु दर्ता प्रमाणपत्र बनाएको बताए। जसमा देवानगंज गाउँपालिका ७ नं.वडा कार्यालयले सर्जमिन गर्दा वडा अध्यक्ष सुर्य नारायण यादव समेतका व्यक्तिहरुले देवानगंज गाउँपालिका वडा नं. ७ बस्ने सिताराम यादवको छोरा राम यादवको मृत्यु भई सकेको भनि झुठ्ठा विवरण लेखाई सर्जमिन गरीे रामानन्द यादवलाई अदालतबाट तोकिएको १० दश वर्षको कैदको लगत कट्टा गराउने प्रयास गरेका थिए।
सोही घटनामा लिखत सम्बन्धी कसूरमा कार्वाही गरी पाउँ भनि भोलानन्द यादवको जाहेरी अनुसार प्रहरीमा लिखत सम्बन्धी कसूर दर्ता गरिएको थियो।
सो उजुरीमा अनुसन्धानको क्रममा कारागार कार्यालय, झुम्कामा उक्त जवरजस्ती करणी कसूरमा कैद भुक्तान गरी रहेका बिजुली भन्ने मिश्रीलाल मेहतालाई जिल्ला प्रहरी कार्यालय, सुनसरीमा झिकाई पक्राउ परेका राम भन्ने रामानन्द मेहताको सनाखत गराउँदा सिताराम यादवका ३ छोराहरु भएको।
जेठो छोरा राम यादव, माईलो महानन्द यादव र कान्छो बेदानन्द यादव भएका र निज राम यादवको बास्तविक नामथर रामानन्द यादव रहेको पहिचान गरेका थिए।
जवरजस्ती करणी र डाँका मुद्दामा निज राम भन्ने रामानन्द यादव समेतको संलग्नता रहेको थियो।
उनको रुप, अनुहारको चेहरा, वर्ण, आँखा, नाक, मुख, उचाई लगायतको शरिरीक बनावट र हुलिया समेतले पहिचान गरेर राम यादव भन्ने व्यक्ति र रामानन्द यादव भन्ने व्यक्ति एउँटै हुन”भनि मिश्रीलाल मेहताले सनाखत गरी दिएको देखिएकोले जाहेरी दरखास्तमा उल्लेखित झुठ्ठा बिवरणको मुचुल्का प्रमाणित गर्ने देवानगंज गाउँपालिका वडा नं. ७ का वडा अध्यक्ष सुर्य नारायण यादव समेतको नाउँमा सुनसरी जिल्ला अदालतबाट पक्राउ पुर्जी लिएर वडा अध्यक्ष सुर्य नारायण यादवलाई ११सेप्टेम्बर पक्राउ गरेर अदालतमा पेश गरिएको प्रहरीले जनाएको छ।









