नर्थ पोइण्ट एकाडमी विजयी

IMG-20240914-WA0147

दार्जीलिङ: सेण्ट रोबर्ट्स स्कूल, दार्जीलिङको आयोजनमा जारी पाँचौं सेण्ट रोबर्ट्स च्यालेञ्ज इण्टर स्कूल जूनियर फूटबल टुर्नामेण्टमा शुक्रवार एउटा म्याच खेलियो। त्यस म्याचमा नर्थ पोइण्ट एकाडमीले घूम बोयज हाई स्कूललाई ८-०-ले पराजित गऱ्यो। म्याच हारे पनि घूम बोयज हाई स्कूलका अरुष सुब्बालाई प्लेयर अव् द म्याच चयन गरियो। यस प्रतिष्ठित इण्टर स्कूल जूनियर फूटबल टुर्नामेण्टमा दार्जीलिङ र वरिपरिको क्षेत्रबाट जम्माम २० वटा टीमले हिस्सा लिएको छ।

यसअघि आ-आफ्नो म्याच जितेर सनराइज स्कूल (लेबोंग), शिक्षा संघ हाई स्कूल (गिंग) र सेण्ट माइकल्स स्कूल (दार्जीलिङ)-ले अघिल्लो राउण्डमा स्थान बनाइसकेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement