ओमनमा नेपाली चेलीको रहस्यमय मृत्यु

IMG-20240914-WA0026

भद्रपुर: स्याङ्जाको पुतलीबजार नगरपालिका वडा नं ३ गुडीखोलाकी जमुना कुमालको ‌ओमनमा रहस्यमय मृत्यु भएको छ। उनी अवैध कामदारका रुपमा ५ महिना पहिले ओमन पुगेकी थिइन्। उनलाई चितवनका सन्तोष लोचन र सन्ध्या लोचनले राम्रो काम लगाइदिने भन्दै ओमन पुर्‍याएको जमुनाको परिवारले बताएको छ।
ओमनामा घरेलु कामदारका रुपमा रहेकी जमुनालाई ओमनमै एजेन्टका रुपमा रहेका ओम पौडेलले घरबाट पैसा माग्न भनी दैनिक यातना दिन थालेको उनकी बहिनी पिरती कुमालले बताइन्। बहिनी पिरतीले भनिन्, ‘सबै राम्रो हुन्छ पैसा कमाइ हुन्छ भनेर यहाँबाट दिदीलाई लगे। सुरुको ४ महिना जति राम्रै थियो, त्यसपछि ओम पौडेलले एक लाख पैसा नदिए मारिदिन्छु भन्दै धम्की दिन थालेको कुरा दिदीले फोनमा हामीलाई बताइ रहन्थिन्।’

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement