दलित विपन्न महिलालाई नि:शुल्क अटाे

IMG-20240914-WA0014

भद्रपुर: माेरङकाे सुन्दरहरैँचास्थित दशै तिहारकाे अवसर पारेर विराटचाेक आसपास रहेका महिला अटाेचालकहरूलाई सम्मान तथा मायाकाे चिनाे वितरण कार्यक्रम गरिएको छ ।
कार्यक्रममा कन्काई इन्टरप्राइजेज टिभिएस विराटचाेक तथा साहस फाउन्डेसन नेपालकाे सहकार्यमा दलित अति विपन्न महिलाहरूलाई उद्यमी बनाउँन नि:शुल्क रूपमा तीन पाङ्ग्रे अटाे सहयाेग गरे वापतमा साहस नेपालका प्रतिनिधिलाई सम्मानपत्र समेत प्रदान गरिएकाे थियाे।
कार्यक्रममा ७ जना अटाेचालक विपन्न महिलाहरूलाइ सम्मान गरिएकाे थियाे। कम्पनीले दशैकाे उपहारमा माेवाइल, जिराे प्रतिशत फाइनान्स तथा पुरानो गाडी साटने सुविधा उपलब्ध गराएकाे कन्काई इन्टरप्राइजेजका सञ्चालक चन्द्रमणि दाहालले जानकारी दिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement