बेलबारी नगर अस्पतालमा बेतिथिका चाङ

IMG-20240914-WA0078

भद्रपुर: मोरङको बेलबारी १ मा रहेको बेलबारी नगर अस्पताल प्रति बिरामी र सेवाग्राहीहरुको गुनासो बढदो छ।
कहिले हुँदै नभएको रोग लागेको छ भनेर रिपोर्ट दिने,कहिले २४ घण्टासम्म बिरामीको रिपोर्ट नदिने त कहिले औषधी नै गायब पार्ने लगायत बिबिध आरोपबाट बदनाम बनेको नगर अस्पताल मा सुधारको संकेत भन्दा पनि सेवा झन खस्किँदो अबस्थामा रहेको छ।
अस्पतालमा आउने बिरामीले समयमा उपचार नपाउने, बिशेषज्ञहरुले नहेर्ने र बिरामीको चेकजाँच गर्ने पालोमा समेत गडबडी गर्ने र पछि आएको बिरामीलाई जिनजान र भनसुनका आधारमा अघि बोलाउने लगायतका बिबिध आरोप बिरामी उनका आफन्तहरुले लगाएका छन्।
बेलबारी नगरपालिकाद्धारा सञ्चालित अस्पताल नगर आफैले औषधी बिक्री कक्ष सञ्चालन गर्नुपर्ने भएपनि ठेक्कामा औषधी पसल भाडामा दिएको र त्यसबापत केही ब्यत्तिहरुले कमिसन लिएको स्रोतको दाबी छ। बिरामीलाई समेत कमसल औषधी दिने गरिएको र बिरामी ठिक नहुने गरेको केही बिरामी र उनका आफन्त हरुको आरोप छ।
शनिबार र बिदाको दिन अस्पताल बन्द हुने गरेको र रात्रिकालीन सेवा समेत सञ्चालन नहुँदा थप समस्या भएको नगरबासीहरुको गुनासो छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement