अर्जुनधारामा इलामकी मनिषाको हत्या

IMG-20240912-WA0108

भद्रपुर: झापाको अर्जुनधारा ६ स्थित महानन्द चोकमा एकजना युवतीको हत्या भएको छ। युवतीमाथि धारिलो चक्कुले पटक पटक प्रहार गरेर हत्या गरिएको बताइएको छ। घटनास्थल अर्जुनधारा र बिर्तामोडको सिमावर्ती क्षेत्र हो। हत्या गरिएकी युवती इलाम फिक्कलकी २० वर्षकी मनिषा लोहार रहेको खुलेको छ। शरीरको तीन ठाउँमा छुरा प्रहार गरेर हिजो साँझ एक युवकले मनिषाको हत्या गरेका थिए। मनिषाको घाँटी, छाती र कोखामा छुरा प्रहार गरेर हत्या गरेको प्रहरीले जनाएको छ। पटक-पटक छुरा प्रहार गरेपछि स्थानीयले कैलालीका २० वर्षीय अनिल विकलाई पक्राउ गरेका थिए। तत्कालै युवतीको उपचारका लागि बिएण्डसी पुर्याइएको र उपचारका क्रममा मृत्यु भएको प्रहरीे जनाएको छ। घटनाको सम्बन्धमा अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय बिर्तामोडका डीएसपी प्रकाश विष्टले बताए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement