गान्तोक: जीएलओएफ अभियान टोलीले ल्होनाक भ्यालीमा डोल्मा साम्पा भ्रमण गरेर हिमनदी बाढको प्रभावबारे स्थलगत जानकारी प्राप्त गरेको छ। अभियानको १४औं दिन टोलीले दक्षिण ल्होनाक झीलको बाढीबाट आएको बाढी निक्षेपको सर्वेक्षण गरेको छ।
सर्वेक्षणको क्रममा टोलीले सॉंघुरो उपत्यकाबाट कसरी बाढी आयो र धेरै मात्रामा ढुङ्गा र बालुवा जमा भयो भन्ने बहुमूल्य जानकारी हासिल गरेको छ। यसले भविष्यमा बाढी शमन रणनीतिहरूको विकासको निम्ति महत्त्वपूर्ण जानकारी प्राप्त भएको बताइएको छ।
उल्लेखनीय छ, उत्तर सिक्किममा विभिन्न हिमनदी झीलहरूको अध्ययनको निम्ति विशेषज्ञहरूको एक टोलीले अध्ययन भ्रमण गरिरहेको छ।










