पदनाम लेखिएको राजीनामा पत्र स्वीकार न गरिने एसडीएफले गरे स्पष्ट

IMG-20240717-WA0003

गान्तोक: सिक्किम डेमोक्रेटिक फ्रण्ट (एसडीएफ) ले गत २ सेप्टेम्बर, २०२४ देखि पार्टीको सीईसीलगायत सबै कमिटीहरू विघटन भएको हुॅंदा अब पार्टीको पदनाम उल्लेख गरेर राजीनामा दिनुको कुनै अर्थ नरहेको स्पष्ट गरेको छ। एसडीएफले आज आफ्नो आधिकारिक फेसबुक पेजमा एक पोस्ट शेयर गरेर यस आसयको जानकारी गराएको छ। एसडीएफले पार्टीको प्रशासनिक मामिला, सोशल मिडिया (मुख्यालय), प्रचार मामिला (मुख्यालय) र चुनाउ कमिटी विघटन नभएको पनि जानकारी गराएको छ। यस कारण पदनाम लेखेको राजीनामा पत्र स्वीकार गरिने छैन भनी एसडीएफले स्पष्ट गरेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement