आकांक्षी ब्लक, स्कूल र संस्थाहरुबीच समन्वय बैठक

IMG-20240913-WA0328

नाम्ची: आकांक्षी ब्लक कार्यक्रमअन्तर्गतको स्कूल र संस्थाहरुबीच समन्वय बैठक सम्पन्न भयो। बैठकको मुख्य लक्ष्य नाम्ची जिल्ला वरपरका विज्ञान र गणित शिक्षकहरूसँग समन्वय राख्नु रहेको छ। बैठकको अध्यक्षता जिल्लापाल अनुपा ताम्लिङले गरेकी थिइन्। यस अवसरमा ग्राम विकास अधिकारीहरु, जिल्ला प्रसासनका अधिकारीहरु र शिक्षकहरुको सहभागिता थियो। जिल्लापाल ताम्लिङले विद्यार्थी र शिक्षकहरूका लागि राम्रो परिवेश सिर्जना गर्नुपर्ने आवश्यकतामाथि जोड़े दिइन्। उनले बोर्ड परीक्षामा विशेष गरी विज्ञान र गणित विषयहरूमा ६० प्रतिशतभन्दा धेर नभएको विषयप्रति चिन्ता व्यक्त गरिन्। उनले स्कूललाई यसको आन्तरिक समस्याबारे अध्ययन गर्न रिजल्टमाथि प्रमुखता दिन सल्लाह दिइन्। विद्यार्थीहरुका शैक्षिक र उनीहरूको व्यक्तिगत विकासका लागि समीक्षा गर्नुपर्ने विचार राख्दै प्रभावी पहल गर्ने सुझाउन दिइन्। मेथेला राईले नाम्ची जिल्ला वरपरका विज्ञान र गणित विषय़ विद्यार्थीहरूको रिपोर्ट पावरपोइन्ट प्रस्तुतीद्वारा जानकारी गराए। उनले प्रभावकारी रिजल्ट निकाल्न सुधारका लागि कदम उठाउनुपर्ने बताए। आजको समन्वय बैठकले प्रभावी परिणामको दिशामा काम गर्नुपर्ने निर्णय गरेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement