आकांक्षी ब्लक, स्कूल र संस्थाहरुबीच समन्वय बैठक

IMG-20240913-WA0328

नाम्ची: आकांक्षी ब्लक कार्यक्रमअन्तर्गतको स्कूल र संस्थाहरुबीच समन्वय बैठक सम्पन्न भयो। बैठकको मुख्य लक्ष्य नाम्ची जिल्ला वरपरका विज्ञान र गणित शिक्षकहरूसँग समन्वय राख्नु रहेको छ। बैठकको अध्यक्षता जिल्लापाल अनुपा ताम्लिङले गरेकी थिइन्। यस अवसरमा ग्राम विकास अधिकारीहरु, जिल्ला प्रसासनका अधिकारीहरु र शिक्षकहरुको सहभागिता थियो। जिल्लापाल ताम्लिङले विद्यार्थी र शिक्षकहरूका लागि राम्रो परिवेश सिर्जना गर्नुपर्ने आवश्यकतामाथि जोड़े दिइन्। उनले बोर्ड परीक्षामा विशेष गरी विज्ञान र गणित विषयहरूमा ६० प्रतिशतभन्दा धेर नभएको विषयप्रति चिन्ता व्यक्त गरिन्। उनले स्कूललाई यसको आन्तरिक समस्याबारे अध्ययन गर्न रिजल्टमाथि प्रमुखता दिन सल्लाह दिइन्। विद्यार्थीहरुका शैक्षिक र उनीहरूको व्यक्तिगत विकासका लागि समीक्षा गर्नुपर्ने विचार राख्दै प्रभावी पहल गर्ने सुझाउन दिइन्। मेथेला राईले नाम्ची जिल्ला वरपरका विज्ञान र गणित विषय़ विद्यार्थीहरूको रिपोर्ट पावरपोइन्ट प्रस्तुतीद्वारा जानकारी गराए। उनले प्रभावकारी रिजल्ट निकाल्न सुधारका लागि कदम उठाउनुपर्ने बताए। आजको समन्वय बैठकले प्रभावी परिणामको दिशामा काम गर्नुपर्ने निर्णय गरेको छ।

About Author

Advertisement