मंगन: मंगन जिल्लाका अतिरिक्त जिल्लापाल पेमा वाङछेनको अध्यक्षतमा आज जिल्ला कार्यदलका सदस्यहरूलाई लिएर झाडा पखाला नियन्त्रण सम्बन्धी एक बैठक सम्पन्न भयो।
राष्ट्रिय जुका दिवस (एनडीडी) निम्ति आयोजित यो दोस्रो चरणमा बैठक रहेको थियो, जसमा विभिन्न विषयमा चर्चा परिचर्चा गरियो। जिल्ला प्रशासनिक केन्द्रममा सम्पन्न भएको बैठकमा एएसपी मनि कुमार तामाङ, एसएचओ प्रशान्त राई लगायत विभिन्न विभागका अधिकारीहरूले पनि सहभागिता जनाएका थिए।
बैठकलाई सम्बोधन गर्दै डीपीएमकी मिङमा शेर्पाले राष्ट्रीय स्वास्थ्य मिशन अन्तर्गतका सबै स्वास्थ्य कार्यक्रमहरूको पहिलो त्रैमासिक कार्यसम्पादनको प्रतिवेदन प्रस्तुत गरिन्, जसले खोप लगाउने प्रयासबारे प्रकाश पारिन्। सोही प्रकारले स्वास्थ्य शिक्षाविद् रिन्चेनले आयुष्मान भारत प्रधान मन्त्री जन आरोग्य योजना र जनचेतनाका चुनौतीहरूको बारेमा संक्षिप्तरूपमा जानकारी गराउँदै यस योजना अन्तर्गत लाभार्थीहरूको संख्यामा कमी रहेको बताए।
मंगन जिल्लाका १८ हजार ८९० योग्य लाभार्थीमध्ये ८ हजार ७०२ ले मात्र अहिलेसम्म नामाङ्कन दर्ता गरेको जानकारी गराए।
विशेष गरेर यस योजनाको लाभ ग्रामीणस्तरमा पुऱ्याउनको निम्ति आधार र फोन नम्बरहरू लिंक गर्ने सम्बन्धमा अझ बढी जागरूकता गराउन आवश्यकता रहेको बताए। उनले चुरोट र अन्य सूर्तिजन्य उत्पादन ऐन अन्तर्गतको कानुनी प्रक्रियाबारे पनि जानकारी गराउँदै , सुर्ती बिक्री र विज्ञापन निषेधको रूपरेखा प्रस्तुत गर्दै, सुर्तीजन्य पदार्थको अन्त्यका लागि उपलब्ध फाइदाहरू र समर्थन प्रणालीहरूबारे छलफल गरे। उनले दोस्रो चरणको रिपोर्ट पनि प्रस्तुत गर्दै
झाडापखाला नियन्त्रण गर्नु नै यस अभियानको मुख्य उद्देश्य रहेको बताए। उनलेथप जानकारी गराए अनुसार एनएफएचएसको आंकडा अनुसार महिला बालबालिकामा बढ्दै गएको शिशु मृत्युदर, घट्दै गएको महिला लिङ्ग अनुपात र महिलामा रक्तअल्पताको बढ्दो प्रकोपप्रति चिन्ता व्यक्त गरिन्।
सोही प्रकारले अतिरिक्त जिल्लापालले आफ्नो समापन सम्बोधनमा, स्वास्थ्यमाथि चिन्ता व्यक्त गर्दै अधिकारीहरू र स्थानीय पञ्चायतहरू बीचको सञ्चार सुधार गर्न आवश्यक रहेकोमा जोड दिए।
प्रत्येक बालबालिकाको महत्वलाई जोड दिँदै उनले स्वास्थ्य सेवामा ढिलाइ हुन नदिन परम्परागत विधि अपनाउनेसँगै जनताले चिकित्सा अभ्यासलाई प्राथमिकतामा राख्न ग्राम पञ्चायत तहमा सचेतनाको आवश्यकता रहेको बताए।









