राज्यपाल माथुरले गरे बरदाङमा निर्माणधीन प्रेरणा स्थलको भ्रमण

IMG-20240913-WA0326

गान्तोक: राज्यपाल ओम प्रकाश माथुरले आज सिङतामनजिक बरदाङमा निर्माणधीन प्रेरणा स्थलको भ्रमण गरे। उल्लेखनीय छ, गत वर्षको ४ अक्टोबरमा आएको विनाशकारी बाढीको चपेटमा परि २२ जना सैनिकहरूले आफ्नो प्राण गुमाएका थिए भने उनीहरूको स्मरणमा बरदाङमा प्रेरणा स्थलको निर्माण कार्य भइरहेको छ। यो योजनाको पहल राजभवनको माध्यमद्वारा भइरहेको छ, जसमा २२ जना शहीद जवानहरूको स्मरणमा निर्माण गरिएको हो। भ्रमणको क्रममा १७ माउन्टेन डिभीजनका मेजर जनरल अमित कपाथियालले गत वर्षको ४ अक्टोबरमा भएको घटनाबारे राज्यपाललाई विस्तृतरूपमा जानकारी गराउनको साथै यस परियोजना र भविष्यको योजनाबारे पनि अवगत गराए। उल्लेखित स्थानमा निर्वाण प्वाइन्ट, मेडिसिनल उपवन, फिटनेस सुविधालगायत निर्माण कार्य पनि भइरहेको छ।
यसैगरी राज्यपालले आज रम्पूमा रहेको शीतकालीन शिविरको पनि अवलोकन गरे। यस क्रममा उनले विभागीय अधिकारी, पार्षद र स्थानीय व्यापारीवर्गसँग भेट गर्दै विभिन्न विषयमा जानकारी लिए। भ्रमणका क्रममा राज्यपालले राष्ट्रिय राजमार्ग १० मा रहेको बैङ फेङयोङ जीपीयू अन्तर्गत रहेको ‘अटल अमृत बगैंचा’को पनि भ्रमण गरी त्यहाँ निर्माणाधीन योजनाबारे जानकारी लिएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement