मन्त्री लामाले राखे संस्कृत पाठशालाको पूर्वाधार विकासको आधारशिला

IMG-20240913-WA0325

गेजिङ: सिक्किम सरकारको शिक्षा विभागले तल्लो बर्मेकमा संस्कृत पाठशालाको पूर्वाधार विकासको लागि आधारशिला राखेको छ। धार्मिक, पीएचई र जलस्रोत विभागका मन्त्री सोनाम लामाको विशेष उपस्थितिमा सम्पन्न यस कार्यक्रममा गेजिङ बर्मेक निर्वाचन क्षेत्रका विधायक लोकनाथ शर्माले पनि कार्यक्रममा सहभागिता जनाएका थिए। यो महत्वपूर्ण लोवर बर्मेक संस्कृत उच्चतर माध्यमिक पाठशालामा आयोजित दस दिवसीय संस्कृत शिविर सम्मेलनको कार्यक्रममा भएको संस्कृत भाषा र यसको अध्ययनको महत्वलाई अझ सुदृढ गर्न र भविष्यका पुस्तालाई भाषा शिक्षाको अवसर प्रदान गर्ने उद्देश्यले पाठशालाको विकास योजना अघि सारिएको हो। आधारभूत सुविधाहरूको विकासले सिक्किमको शैक्षिक क्षेत्रलाई थप मजबुत बनाउने अपेक्षा गरिएको छ। कार्यक्रमका क्रममा मन्त्री सोनम लामाले संस्कृत भाषा र संस्कृति संरक्षणको आवश्यकता औंल्याउँदै आगामी पुस्ताका लागि यस्तो पहल आवश्यक रहेको बताए। कार्यक्रममा सहभागी स्थानीय जनप्रतिनिधिहरू, शिक्षकहरू, विद्यार्थीहरू र अन्य अतिथिहरूले यस महत्त्वपूर्ण परियोजनाको सुरुवातलाई स्वागत गरेका छन्। यो परियोजना तल्लो बर्मेक क्षेत्रमा शिक्षा र संस्कृत संस्कारको प्रवर्द्धनमा ठूलो योगदान पुर्‍याउने विश्वास गरिएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement