गान्तोक: गान्तोकको एउटा होटलमा सिक्किम सरकारी अवकाश प्राप्त कर्मचारी कल्याण संघको सभा बस्यो। यो सभाको अगुवाइ अध्यक्ष दोर्जी छिरिङ भोटियाले गरेका थिए। सभाको औचित्य पुरानो समिति विघटन गरी नयाँ समिति गठन गर्नु थियो। निवर्तमान महासचिव पीएल शर्माले उपस्थित केन्द्रिय समिति बाहेक राज्यका अन्य क्षेत्रमा स्थापित भएका संघका पदाधिकारीहरु र अन्य सदस्यहरूलाई जानकारी गराए। पुरानो समिति विघटन गरी तीन वर्षको निम्ति नयाँ समिति गठन गरियो। समितिको नयाँ अध्यक्ष टाशी गोम्पो भोटिया, उपाध्यक्ष पदमा नाम्चीका प्रवीण कुमार राई, जीपी तिवारी पाकिम, महासचिव पदमा सीके दास, सहसचिव टीडी भेञ्चुङपा, कोषाध्यक्ष सोमनाथ शर्मा, सहकोषाध्यक्ष रामप्रसाद शर्मालाई चयनित गरिएको छ। राज्यभित्र रहेका संघका समन्वयकहरु संघ कार्यकारी समितिको सदस्य हुने निर्णय लिइयो। सेवा निवृत्त कर्मचारीहरूको कल्याणार्थ अझ जाँगरिलो भएर काम गर्न प्रतिवद्धता नवगठित समितिले गरेको छ। आजको सभाको लक्ष्य नयाँ केन्द्रीय कार्यकारिणी समितिसँग आवद्ध भएका जिल्लाका समवयकहरूलाई पनि सामेल गराउने थियो। १७ जुलाई २००९ मा पञ्जीकृत भएको सिक्किम सरकारी अवकाश प्राप्त कर्मचारी कल्याण संघ संस्थालाई आजसम्म सम्हाल्दै आएका अध्यक्ष डीटी भोटिया, उपाध्यक्ष कुबेरचन्द्र दाहाल र तुलसीदेवी शर्मा, महासचिव पीएल शर्मा, कोषाध्यक्ष टिकाराम ढकाल र अन्य सदस्यहरूले पुर्यामएको योगदानलाई सराहना गरिएको थियो।










