एआईएफएफ-का वर्तमान पदाधिकारीहरूलाई बर्खास्त गर्ने माग गरे भाइचुङले

IMG-20240913-WA0323

नयाँ दिल्ली: भारतीय फूटबल टीमका पूर्व कप्तान भाइचुङ भूटियाले अखिल भारतीय फूटबल महासंघ (एआईएफएफ)-को आलोचना गर्दै वर्तमान पदाधिकारीहरूलाई बर्खास्त गर्ने माग गरेका छन्। उनले हालका दिनहरूमा राष्ट्रिय टीमको निराशाजनक प्रदर्शनको निम्ति राष्ट्रिय संस्थासलाई जिम्मेवार ठहऱ्याएका छन्। भाइचुङले एआईएफएफ-को कड़ा आलोचना गर्दै भारतीय फूटबलको निम्ति रोडम्यापको अभावले गर्दा हालै त्रिदेशीय इण्टरकण्टिनेण्टल कपमा भारतले होम ग्राउण्डमा सीरियाविरुद्ध हारको सामना गरेको अनि मौरिशसविरुद्ध ड्र-मा अल्झिनु परेको बताए। पूर्व भारतीय कप्तानले एआईएफएफ-मा व्यापक फेरबदलको माग गरेका छन्। उनले भने, यो राम्रो संकेत होइन। गत केही समयदेखि हाम्रो प्रदर्शनमा निरन्तर ह्रास आएको छ। हामी पहिला फिफा ऱ्याङकिंगको शीर्ष १००-मा सामेल थियौं तर अहिले झरेर १२५औं स्थानमा पुगिसकेका छौं। मेरो विचारमा भारतीय फूटबललाई एउटा नयाँ शासी निकाय र चुनाउ तथा नयाँ शुरुवातको आवश्यकता छ। मेरो विचारमा खेललाई अघि बढ़ाउन वास्तवमा गम्भीर चर्चा र बहसको आवश्यकता छ। हाम्रो संविधानमा सुधार हुनु पर्छ अनि मामिला अहिले पनि सुप्रीम कोर्टमा छ। मलाई कोर्टले चाँड़ोभन्दा चाँड़ो फसेला सुनाउने आशा छ। महासंघमा नयाँ चुनाउन हुनु पर्छ।
भाइचुङले भने, भारतीय फूटबललाई कसरी अघि बढ़ाउनु पर्छ भन्ने विषयमा महासंघले ध्यान केन्द्रित गर्नु पर्नेछ। कुराहरूलाई लागू नगरी केवल कागज-कलममा विजन २०४७ तयार गरेर केही फाइदा हुनेछैन। महासंघले एनजीओ-ले जस्तो काम गर्नु बन्द गर्नु पर्छ अनि यो महत्त्वपूर्ण कुरा हो। गत दुई सालमा भएको विवाद र आरोपहरूले खेलको छवि बिगारेको छ। म कार्यकारी समितिको बैठकमा थिएँ। त्यहाँ फूटबललाई लिएर नभएर आतंकवादमाथि चर्चा भएको देखेर म चकित भए। यो साँच्चै दुर्भाग्यपूर्ण कुरा हो। उल्लेखनीय छ, भारतीय फूटबल टीमको अघिल्लो दुईवटा म्याच अक्टोबरमा भियेतनाम र लेबनानविरुद्ध रहेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement