प्रधान इलेभेन र एनएचपीसी विजयी

photocollage_2024913213417166

रोंगचोंग: प्रगति युवा संघ गेम्स एण्ड स्पोर्ट्स कमिटी, रोंगचोंगको तत्त्वावधानमा आयोजित डी.बी. योगी स्मृति च्यालेञ्ज कप फूटबल टुर्नामेण्टमा शुक्रवार शुरुवाती राउण्डको दुईवटा म्याच खेलियो। लोहापुल (एनएच १०) नजिक रोंगचोंग पब्लिक ग्राउण्डमा भएको पहिलो म्याचमा प्रधान इलेभेनले विशाल सेभेनलाई ४-०-ले पराजित गऱ्यो। विजेता टीमबाट वैभव राणा, प्रतीक राई, प्रणेश राई र पुजन लेप्चाले गोल गरे। यसरी दोस्रो म्याचमा एनएचपीसी रम्बीले गत सालको च्याम्पियन कालीझोड़ा युवा परिवारलाई ३-१-ले पराजित गऱ्यो। विजेता टीमबाट आर्यन मंगरले २ र रितेश राईले १ गोल गरे। यसरी कालीझोड़ाको टीमबाट रिन्छेन लेप्चाले गोल गरे। यस टुर्नामेण्टमा जम्मा ३२ वटा टीमले हिस्सा लिएको छ। टुर्नामेण्टको फाइनल म्याच २ अक्टोबरमा खेलिनेछ। यस सेभेन ए साइड टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई आकर्षक ट्रफीको साथमा १ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै रनर अप् हुने टीमलाई आकर्षक ट्रफीको साथमा ६० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ।

About Author

Advertisement