सिलगढी: सिलगढी मेट्रोपलिटन पुलिसको भक्तिनगर थाना पुलिसले डकैतीको योजना बनाइरहेका तीनजना बदमाशलाई पक्राउ गरेको छ।ति नदमासहरुलाई पक्राउ गरेपछि आज जलपाईगढी अदालतमा पेश गऱ्यो। पुलिसले पक्राउ गरेकाहरूमा ईश्वर सोनार, जीबन बोरो र कानो राय सामेल छन्। यिनीहरू सबै भक्तिनगर थाना अन्तर्गत इलाका निवासी बताइएको छ। घटनाक्रम अनुसार बिहिबार राति भक्तिनगर पुलिसले गोप्य सूचना पाएपछि गाँधी मैदानमा अभियान चलाएर त्यहाँ भेला भएका केही बदमाशहरू मध्ये तीन जनालाई पक्राउ गरेको छ। तथापि, पुलिस आएको थाहा पाउन साथ केही बदमासहरू रातिको फाइदा उठाएर घटनास्थलबाट भाग्न सफल भएको बताइएको छ। आरोपीहरूबाट पुलिसले डकैती गर्दा प्रयोग गरिने विभिन्न सामग्रीहरू पनि उद्धार गरेको छ। आज तीनै जनालाई जलपाईगढी अदालतमा पेश गर्नको साथै भक्तिनगर थाना पुलिसले सम्पूर्ण घटनाको पनि जाँच गरिरहेको छ।









