फाँसीदेवा: फाँसीदेवाको विधाननगरमा महानन्दा नदीबाट दिउँसै ट्रयाक्टरमा बालुवा चोरी गरेको आरोपमा एकजना व्यक्तिलाई पुलिसले पक्राउ गरेको छ। पक्राउपछि तिनलाई आज सिलगढी महकुमा अदालतमा पेश गऱ्यो। जानकारी अनुसार विधाननगर जाँच केन्द्रको पुलिसले गोप्य सूत्रमार्फत सूचना पाएपछि राष्ट्रीय राजमार्गमा अभियान चलायो। उक्त अवधि वैध कागजपत्र देखाउन नसकेपछि बालुवा बोकेको ट्रयाक्टरलाई पुलिसले जफत गऱ्यो। यसको साथै चालक मिनरेल अहमदलाई पनि पक्राउ गरेको छ। यसैगरी, एउटा बालुवा बोकेको डम्परलाई पनि पुलिसले जफत गरेको छ। पुलिस देखेपछि चालकले डम्पर छोडेर सुइँकुच्चा ठोके। आरोपी ट्रयाक्टर चालकलाई आज सिलगढी महकुमा अदालतमा पेश गऱ्यो भने पुलिसले सम्पूर्ण घटनाको जाँच शुरू गरेको छ।









