युक्रेनलाई लामो दुरीका क्षेप्यास्त्र दिने विषयमा चलिरहेको छलफलका बीच पुटिनले नेटोसँग रुसको युद्धको खतरा रहेको चेतावनी दिएका छन्। पुटिनले भने, ‘यदि युरोप र अमेरिकाले कीभलाई रुसको भित्री भागमा लामो दूरीको मिसाइलले आक्रमण गर्न अनुमति दिएमा नेटो र रुसबीच युद्ध हुनसक्छ।’ यसैबीच, रुसी सञ्चारमाध्यमका अनुसार मस्कोले ६ जना इङ्गल्याण्डका कूटनीतिज्ञहरूलाई जासुसी गरेको आरोप लगाउँदै उनीहरूको मान्यता रद्द गरेको छ। रुसको गुप्तचर एजेन्सी एफएसबीले उनीहरूको गतिविधि देशको सुरक्षाका लागि खतरा भएको बताएको छ। पुटिनले सरकारी टेलिभिजनमा भने, ‘यसको मतलब युक्रेन युद्धमा नेटो देशहरू, अमेरिका र युरोपेली देशहरूको प्रत्यक्ष संलग्नता हुनेछ। यो उनीहरूको प्रत्यक्ष संलग्नता हो र स्पष्ट रूपमा यसले यस द्वन्द्वको आधारभूत प्रकृतिलाई परिवर्तन गर्नेछl’ राष्ट्रपति पुटिनले भने, ‘यदि यस्तो भयो भने, हामीले हामीमाथि निम्त्याइएको खतराका आधारमा निर्णय लिनुपर्नेछ।‘ अर्कोतर्फ इङ्गल्याण्डका प्रधानमन्त्री कियर स्टारमरले यो युद्ध रुसले शुरु गरेको र यसलाई तत्काल रोक्न सक्ने बताएका छन्।









