वीरपाडा पुलिस चौकीद्वारा ८२ लाखको विदेशी चुरोट बरामद

IMG-20240913-WA0287

अलिपुरद्वार: गोप्य स्रोतबाट सूचना पाएपछि बीरपाडा थानाको पुलिसले एक व्यक्तिलाई पक्राउ गरेको समाचार छl उनको साथबाट लगभग ८२ लाख रुपियाँको विदेशी चुरोट बरामद गरेको छ। पुलिस स्रोतका अनुसार बिहीबार राति राष्ट्रिय राजमार्ग नम्बर ३१ मा असमबाट हरियाणा जाँदै गरेको ट्रकबाट विभिन्न विदेशी ब्राण्डका चुरोटका ४२ प्याकेट बरामद भएको छ। गाडीका चालकलाई नियन्त्रणमा लिएको छ। शुक्रबार पक्राउ परेका गाडीका चालकलाई अलीपुरद्वार अदालतमा पेश गरियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement