सिलगढी: कोलकाताको आरजी अस्पतालमा प्रशिक्षार्थी महिला डाक्टरमाथि भएको क्रूरतापूर्वक घटनाको विरोधमा सिलगढीको विशिष्ट नागरिक समाजको तर्फबाट भोलि सिलगढी शहरमा विशाल जुलुस निकालिनेछ। यो जानकारी सिलगढी कलेज अफ कमर्सका प्रोफेसर डा असिम कुमार मुखर्जीले आज सिलगढी जर्नलिस्ट क्लबमा आयोजित पत्रकार सम्मेलनमा दिए। सो अवसरमा उनीसँगै समाजसेवी रुपक दे सरकार र तीन छात्रा पनि उपस्थित थिए। उनले प्रशिक्षार्थी डाक्टरमाथि निर्ममता भएको एक महिनाभन्दा बढी भइसकेको बताए। सीबीआईले मुद्दालाई आफ्नो हातमा लिएको छ, तर पछिल्लो एक महिनामा यो मुद्दामा कुनै प्रगति नभएको देखिन्छ। सीबीआईले कसैलाई पनि पक्राउ गरेको छैन। सिङ्गो देश र बंगाल यस मामिलामा न्याय चाहन्छ। न्यायको माग गर्दै १४ तारिख सिलगढी शहरमा विशाल जुलुस निकाल्नेछौं। उक्त जुलुसमा नगरका साहित्यकार र नाटककारहरुको सहभागिता रहेको थियो। संगीतकार, मूर्तिकार, चित्रकारलगायत प्रतिष्ठित व्यक्तिहरूलाई समावेश गरिनेछ।










