सिलगढीका देशबन्धु क्षेत्रमा अज्ञात व्यक्तिको शव भेटियो

IMG-20240913-WA0245

सिलगढी: आज शुक्रबार बिहान सिलगढी नगरपालिकाको वार्ड नम्बर ३० देशबन्धुपारा क्षेत्रमा रहेको बहुतले भवनमुनि एक व्यक्तिको शव फेला परेको छ। घटनाको जानकारी प्राप्त हुनासाथ इलाकामा चहलपहल मच्चिएको छ। खबर सुनेर वार्ड नम्बर ३० का पार्षद त्यहाँ पुगे। त्यसपछि उनले सिलगढी पुलिस  चौकीमा खबर गरे। पुलिसले आएर शव बरामद गरी पोस्टमार्टमका लागि उत्तर  बंगाल मेडिकल अस्पतालमा पठाएको छ। केही दिनदेखि उक्त क्षेत्रमा एकजना नचिनेको मृत व्यक्ति घुमफिर गरेको स्थानीयले बताएका छन्। कुनै रोग वा कुपोषणका कारण मृत्यु भएको हुनसक्ने स्थानीयको अनुमान छ। पुलिसले घटनाको अनुसन्धान शुरु गरेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement