अलिपुरद्वार: अलिपुरद्वार जिल्लाको चार तोर्सा क्षेत्रमा सडक निर्माण कार्यलाई तीब्रता दिन र डाइभर्सन क्षेत्रमा सडक निर्माणसँगै पुल निर्माणको माग गर्दै जनताले आज सडक अवरुद्ध गरे। सडक अवरुद्ध हुँदा दुवैतर्फ सवारीसाधनको चाप बढेको थियो। धेरै स्कूल बस पनि यसमा फसेको थियो। सर्वसाधारणसँगै विद्यार्थीले पनि धेरै समस्या भोग्नु परेको थियो। फालाकाटा ब्लकको चार तोर्सा डाइभर्सन नजिक गणसंग्राम समितिले सर्वसाधारणको सहयोगमा यो सडक अवरुद्ध गरेको हो। बिहानैदेखि सडक अवरुद्ध भएपनि राष्ट्रिय राजमार्ग प्राधिकरणका कुनै पनि प्रतिनिधि घटनास्थलमा नपुगेकाले आन्दोलनकारीको आक्रोश झन् बढ्यो। तर, पुलिसले घटनास्थलमा पुगेर सडक अवरुद्ध अन्त्य गर्न आग्रह गरेको थियो। तर गण संग्राम समितिका सदस्यहरुले राष्ट्रिय राजमार्ग प्राधिकरणका सदस्य आएर आश्वासन दिन चाहेका थिए। गण संग्राम समितिका तर्फबाट दीपक रायले यस क्षेत्रमा २०१७ मा नै राष्ट्रिय राजमार्ग निर्माणको काम शुरु भए पनि काम पूरा हुननसकेको बताए। सडक निर्माण नहुँदा सर्वसाधारणले ज्यान जोखिममा पारेर आवतजावत गर्नुपर्ने बाध्यता छ। उनले भने, ‘दिनहुँ ठूला समस्या भोग्दै आएका छन्, दोस्रो त हामीले डाइभर्सन नजिकै पुल बनाउन माग गरेका थियौँ, तर त्यसतर्फ पनि ध्यान नदिएको हो। त्यसैले आज सडक अवरुद्ध गरेका छौँ।‘










