गजोलडोबामा ‘अमृत’ जल परियोजनाको शिलान्यास

6f6190a4-a0ee-4f88-ac7b-5fc95a3b6554-1024x576

गजोलडोबा: सिलगढीमा पिउने पानीको समस्या समाधान गर्नका लागि मेयर गौतम देवले गजोलडोबामा ‘अमृत परियोजना’-को माध्यम पेयजल कार्यको पहिलो चरणको शिलान्यास गरे। यस अवसरमा सिलगढीका मेयर गौतम देव लगायत राजगञ्जका विधायक खगेश्वर राय, नगर निगमका चेयरम्यान प्रतुल चक्रवर्ती, डिप्टी मेयर रञ्जन सरकार, एमएमआईसी दुलाल दत्त, नगर निगमको इञ्जीनियर तथा पार्षद उपस्थित थिए। प्राप्त जानकारी अनुसार अमृत २.० परियोजनाको माध्यम लगभग ५११ करोड रुपियाँको लागतमा यस मेघा शुद्ध पेयजल परियोजनाको कार्य गरिने भएको छ। आज प्रथम चरणको कार्यको शिलान्यास गरियो। पहिलो चरणमा लगभग २०४ करोडको लागतमा यो काम गरिने छ, जहाँ पानीलाई इन्टेक वेलको माध्यम गाजोलडोबाबाट टिस्टा नदीको पानी पाइपको माध्यम फूलबारीमा ल्याइने छ। उक्त पानीलाई शुद्ध गरेर सिलगढीमा पेयजलको आपूर्ति गरिने छ। यस सम्बन्धमा सिलगढी नगर निगमका मेयर गौतम देवले भने, अमृत २ जल परियोजनाको पहिलो चरणमा २८ किलोमीटर पाइपलाइन बिछाउने लगायत विभिन्न कार्यहरूको शिलान्यास गरियो। पहिलो चरणमा २०४ करोडको लागतमा यो काम गरिनेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement