जंगली चितुवाको हमलामा एक महिला श्रमिक गम्भीर घाइते

Capture5-6

अलीपुरद्वार: डुवर्सको कलाबाडी चिया बगानमा चितुवाको हमलामा एकजना महिला श्रमिक गम्भीर घाइते भएको घटना प्रकाशमा आएको छ। घाइते घाइते महिलाको नाम रेशमा खरिया (३६) हो। तिनका हाल अलीपुरद्वारको बीरपाडा अस्पतालमा चिकित्सा चलिरहेको छ। जानकारी अनुसार बिहिबार बगानबाट काम गरेर घर फर्किरहेको समय महिलालाई पछिल्तिरबाट चितुवाले हमला गरे। उक्त हमलामा महिला गम्भीर रूपमा घाइते भएको छ। महिलाको टाउको, गर्दन अनि शरीरको विभिन्न भागमा चितुवाले हमला गरेको चोटको निशान रहेको छ। घटना पछि उद्धार गरेर महिलालाई पहिला बानरहाट अस्पतालमा लगियो अनि महिलाको गम्भीर हालत रहेकोले त्यहाँबाट तिनलाई बीरपाडा अस्पतालमा भर्नाको लागि रेफर गरिदिए पछि हाल चिकित्सा चलिरहेको छ।

About Author

Advertisement