बिजनबारी: ग्रामीण पर्यटनलाई टेवा पुग्ने प्रमुख उद्देश्यसँगै गाउँको नाम पर्यटन मानचित्रमा हाल्नेसँगै देश विदेशमा पुर्याउने प्रमुख उद्देश्यको साथमा दार्जिलिङ पुलबजार खण्डको झेपी ग्राम अधिनस्थ पर्ने सुम्बुकमा बनिएको “आई लव सुम्बुक” लेखिएको लेखाचित्रको आज उदघा गरियो। ग्राम पञ्चायत प्रधान अम्बर बहादुर सुब्बाको प्रमुख पहल तथा गाउँवासीको सहयोगमा निर्मित उक्त लेखाचित्रको प्रधानकै बाहुलीबाट उदघाटन गरिएको छ। कार्यक्रमपछि उद्घाटन कार्यक्रममा गाउँवासीहरु विशेष रूपमा उपस्थित थियए भने उक्त काम गाउँलेहरु चाहानालाई पूरा गर्दै तथा ग्रामीण पर्यटनलाई टेवा पुर्याउने उदेश्यले गरिएको कार्यक्रमपछि प्रधानले बताएका छन।










