भद्रपुर: ‘चार्ली च्याप्लिन टु’ को नामले प्रसिद्ध गिनिज बुक अफ वर्ल्ड रेकर्ड कायम गरेका बलिउड कलाकार राजन कुमार आज सुनसरी जिल्लाको हरिनगर साबिक रामनगर भुटाहा आईपुहेका छन्। हरिनगर गाउँपालिका सुनसरी स्थित बालकृष्ण माविको खेल मैदानमा शनिबार हुने बालभेला र साँस्कृतिक कार्यक्रमका लागि प्रस्तुति दिन उनी विराटनगर आईपुगेका हुन्। उक्त कार्यक्रम कोशी किशोरा समूहको आयोजनामा हुन लागेको हो। समुहकी अध्यक्ष सना प्रवीणले शुक्रवार उनलाई बिराटनगरमा स्वागत गरेका छन्। तिनदिन अघि नै नेपाल आएका राजनकुमार काठमांडू स्थित केही कार्यक्रमहरुमा भाग लिदै शुक्रबार बिराटनगर आईपुगेका हुन्। शनिबारको कार्यक्रममा ‘चार्ली च्याप्लिन’ को प्रस्तुति सहित अन्य विभिन्न सांस्कृतिक कार्यक्रमहरु हुने कार्यक्रमका संयोजक तबरेज आलम अन्सारीले बताए।










