‘हाम्रो मङपू राम्रो मङपू’द्वारा नेपाली भाषा दिवस पालन

IMG-20220821-WA0181.jpg

सिलगढी: ‘हाम्रो मङपू राम्रो मङपू’को आयोजनामा आज मङपूमा ३१औं नेपाली भाषा मान्यता दिवस स्थानीय रोय बङ्गलोमा कवि सुरेन्द्र थिङ्गज्युको सभापतित्वमा पालन गरियो। उक्त कार्यक्रम विभोर तामाङ अनि अनित खातीले सञ्चालन गरेका थिएl कार्यक्रममा मङ्गपूका कविहरू कवि शरण मुस्कान गुरूङ, दीप थापा, प्रमिला मुखिया, सुभद्र बम्जन, दुष्यन्त रामुदामु, सुनिल राई, सन्दीप दियाली सम्पूर्णले धेरै उत्कृष्ट उत्कृष्ट कविता पढेर सुनाए।

मङपूको छोरो दार्जीलिङ प्रेस गिल्डका सचिव एवं पत्रकार केशर मोक्तान ‘गाउँले’लाई  ‘सोसिएल जसटिस फर इन्टरनेशल शिभिल राईट्स काउन्सिल’ले १९ अगस्तको दिन दिल्लीको संविधान भवनमा उत्कृष्ट अन्तर्राष्ट्रिय पत्रकार सम्मानले सम्मानित गरिएको थियोl आज  उनलाई उक्त सम्मान प्राप्त भएकोमा ‘हाम्रो मङपू राम्रो मङपू’ समुह अनि नेपाली भाषा मान्यता दिवस समारोह समितिले सयुक्त रुपमा कार्यक्रममा सम्वर्द्धना जनायोl यसका साथै हाल शिक्षक कार्यबाट सेवानिवृति प्राप्त लिनु भएका सरस्वती उच्चतर माध्यमिक विद्यालयको शिक्षक विशोर कार्कीज्यूलाई पनि सम्वर्द्धना जनायो। समारोहका प्रमुख अतिथि सभासद रतन कुमार थापा साथै विशिष्ट अतिथिहरु साहित्यकार के.बी गिरी, सुरेन्द्र थीङबाट सम्वर्दना पत्र प्रदान गरियो।

यस कार्यक्रमको प्रमुख अतिथि मङ्पू-लाब्दा समष्टिका सभासद रतन कुमार थापाको उपस्थित थियो भने विशिष्ट अतिथिश्री के.बी. गिरी, जगत राई, राम पोख्रेल, विज्ञान मिश्र, एडवर्ड लेप्चा, दीप थापा, बिदुर कार्की, श्रीमती सुभद्र बम्जन, श्रीमती प्रमिला मुखिया साथै धेरै भाषा प्रेमी अतिथिहरूको उपस्थिति थियो। अन्तमा कार्यक्रमको सभापति सुरेन्द्र थिङ्गबाट भाषा विषय आफ्नो विचार राखेर कार्यक्रम समापन गरियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement