खरसाङ: खरसाङ खण्ड अन्तर्गत सन्त मेरिज तीन ग्राम पञ्चायतको दुधेस्थित तरुवा आइसिडीएस केन्द्रमा खरसाड आइसीडीएस प्रोजेक्टद्वारा पोषण माह पालन गरियो। दुधे क्षेत्रको ६ वटा केन्द्र साथै चौतिस आइसिडीएस केन्द्रको संयुक्त तत्वधानमा यो कार्यक्रम पालन गरियो। आजको कार्यक्रममा एरिया सुपरभाइजर अञ्जु लामा, दुधे सुस्वास्थ्य केन्दकी एएनएम प्रमिला छेत्री, पञ्चायत समिति सदस्य चन्द्र प्रसाद शर्मा, पञ्चायत सदस्य धनप्रसाद तामाङ, आशा कर्मीहरु, आइसीडीएस कर्मी सहकर्मीहरु तथा गर्भवती, प्रसुती आमा तथा नानीहरुको उपस्थिति थियो। राष्ट्रिय पोषण माह १ सेप्टेम्बर देखि ३० सेप्टेम्बरसम्म मनाइन्छ। यो राष्टिय पोषण माह पालन गरिनुको मुख्य उद्देश्य समाज तथा राष्ट्रलाई कुपोषण मुक्त बनाउनु हो। आइसीडीएस कर्मी मान्ती सुनारले सञ्चालन गरेको आजको कार्यक्रममा प्रथम आइसीडीएस कर्मी सहकर्मीद्वारा सामुहिक गीत गाएका थिए साथै विविध कार्यक्रम पनि गरेका थिए।










