सोनादा: हिल तराई प्राथमिक शिक्षक संगठन, सोनादा क्षेत्र पे व्येण्ड शिक्षक संगठन र पारा शिक्षक संगठन सोनादा क्षेत्रको संयुक्त आयोजनामा सोनादामा शिक्षक सम्मान एवं अभिनन्दन समारोह सम्पन्न भएको छ। सोनादाको न्यु लाइट क्लब भवनमा सम्पन्न उक्त कार्यक्रममा सभाध्यक्षको रूपमा पूर्व वरिष्ठ शिक्षक एंव समाजसेवी देवकुमार प्रधान अनि प्रमुख अतिथिको रुपमा गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनको प्रमुख कार्यपाल अनित थापा उपस्थित रहेका थिए। त्यसरी नै प्रमुख अतिथिको रुपमा जीटीएको डेपुटी चेयरम्यान राजेस चौहान, जीटीएको मुख्य सचिव आईएएस बिजय भारती, कार्यकारी सभासद अनोश थापा, सभासदहरू नुरी शेर्पा, उदय देवान, सन्दीप छेत्री लगायत अन्यहरू उपस्थित रहेका थिए। सुरेन छेत्री र चन्दन लकान्द्रीले सञ्चालन गरेको कार्यक्रममा स्वागत सम्भाषण किरण बरदेवाले राखेका थिए। यसै कार्यक्रममा अवकाशप्राप्त प्राथमिक शिक्षक अनि अवकाशप्राप्त पारा शिक्षकलाई सम्बर्ध्दना जनाइएको छ भने निधन भएका दुईजना शिक्षकहरूलाई पनि मरोणापान्त सम्मान जनाइएको छ।

कार्यक्रममा स्वागत शिक्षिका सजिना सिंहलो प्रस्तुत गरेका छन्। कार्यक्रममा कार्यक्रमको औचित्य विषयमा स्कूल बोर्ड सदस्य किरण बरदेवाले सम्भाषण राखेका थिए। कार्यक्रममा शिक्षक शिक्षिकाहरूले कविता वाचन, गीत, नृत्य प्रस्तुत गरेका थिए। कार्यक्रममा प्रमुख अतिथिको रुपमा उपस्थित जीटीएको प्रमुख कार्यपाल अनित थापाले आफ्नो सम्बोधनमा प्राथमिक शिक्षा किन कमजोर भयो भनेर तल जरासम्म हेर्दा प्राथमिक शिक्षक शिक्षिकाहरूलाई साँची मै गाह्रो रैछ किनभने हाम्रो अभिभावकहरूले प्राथमिक पाठशालामा नानीहरूलाई पढाउन छोडीसके भनी बताएका छन्। उनले प्राथमिक शिक्षा घटेर जानु हाम्रो आफ्नै सोचले गर्दा हो किनभने हाम्रो नानीहरू सरकारी स्कूलमा पढाउनु हुँदैन भन्ने सोच छ र त्यस सोचलाई विस्तारै परिवर्तन गर्नुपर्छ भनी बताएका छन्।

कार्यक्रममा धन्यवाद ज्ञापन शिक्षक ललित मुखियाले राखेका थिए। उक्त शिक्षक सम्मान कार्यक्रम विषयमा पत्रकारहरूसित कुराकानी गर्दै स्कूल बोर्ड सदस्य किरण बरदेवाले विस्तृत रूपमा जानकारी गराएका छन्।









