नयाँ दिल्ली: स्टार फूटबलर क्रिस्टियानो रोनाल्डोले फूटबल मैदान मात्र नभएर डिजिटल वर्ल्डमा पनि रेकर्ड तोड़्ने क्रम जारी राखेका छन्। पोर्तुगलका यस खेलाड़ीले सोशल मीडिया प्ल्याटफर्ममा १ बिलियन फलोअर्स पार गर्ने पहिलो व्यक्ति बन्ने विशेष उपलब्धि हासिल गरेका छन्। यस माईलखुट्टीले विश्वभरिका सबैभन्दा प्रभावशाली र सबैभन्दा धेर फलो गरिने एथलीटको रूपमा जानिने रोनाल्डोको वैश्विक आइकनको रूपमा स्थितिलाई अझ मजबूत बनाएको छ। रोनाल्डोको इन्स्टाग्राममा ६३९ मिलियन, फेसबुकमा १७० मिलियन, एक्स (पूर्वमा ट्वीटर)-मा ११३ मिलियन र यूट्यूबमा ६०.५ मिलियन सब्स्क्राइबर रहेको छ। उल्लेखनीय रूपले उनको यूट्यूब च्यानल केही दिन अघि मात्र लञ्च गरिएको थियो अनि पहिलो दिन नै १५ मिलियन सब्स्क्राइबर हासिल गरेर रेकर्ड बनाएको थियो। यस आंकड़ाले पहिलो हप्तामा ५० मिलियन पार गरेको थियो। एक्स-मा एउटा विशेष पोस्टमा रोनाल्डोले यस ऐतिहासिक उपलब्धिको घोषणा गरेका छन्। यसको साथमा उनले आफ्ना प्रशंसकहरू प्रति अटूट समर्थन र विश्वासको निम्ति आभार व्यक्त गरेका छन्। खेल जगतमा उनका प्रशंसकहरूको संख्या एउटा महत्त्वपूर्ण घटना बनेको छ अनि गोल गरेपछि उनले प्रतिष्ठित सिउ शब्द विभिन्न खेलहरूमा निरन्तर दृश्य बनेको छ, जुन केवल फूटबलसम्म सीमित छैन। उल्लेखनीय छ, रोनाल्डोले केही दिन अघि मात्र ९०० गोल गर्ने रेकर्ड बनाएका थिए। यसरी उनको नाममा सर्वाधिक अन्तर्राष्ट्रिय गोल (१३२)-को रेकर्ड पनि रहेको छ।









