फालाकाटा: निद्राको औषधीको तस्करी गर्न अगावै फालाकाटा पुलिसले एकजना युवकलाई आज पक्राउ गरेको छ। लागु औषधि तस्करीमा पक्रा परेका युवक राहुल दासको रूपमा चिन्हित गरिएको छ। प्राप्त जानकारी अनुसार फालाकाटाको धुपगढी मोड़ इलाकाको माछा बजार अघिबाट पुलिसले उक्त युवकलाई पक्राउ गरेको हो। त्यस युवकले एउटा ब्यागमा १४६ प्याकेट निद्रा लाग्ने औषधी बोकेको थियो।सो युवा फालाकाटाबाट धुपगढीतर्फ गइरहेका थिए। उक्त युवकले ती औषधीहरू धुपगढीमा तस्करी गर्ने योजना रहेको बताइएको छ। पक्रा परेका युवकलाई जलपाईगढीको विशेष नारकोटिक्स अदालतमा पेश गरिनेछ । पुलिसले घटनाको जाँच शुरू गरेको छ।