मसला बोर्डद्वारा मसलाको निर्यात र अलैंचीको उत्पादनशीलता बढाउन विस्तृत योजनाको अनावरण

00-1-Spices.jpeg

गान्तोक (सिक्किम): वाणिज्य एवं उद्योग मन्त्रालय अन्तर्गत मसला बोर्डले उल्लेखनीय रूपमा मसला अनि मूल्य अभिवृद्धि गरिएखो मसलाको उत्पादको निर्यात बढाउनका साथै अलैंचीको उत्पादनशीलता बढाउन र निर्यातका लागि देशव्यापी रूपमा मसलाको फसल कटाइपछिको गुणस्तर उन्नयन गर्न रूपान्तरणकारी योजना शुरु गरेको छ। “मसला क्षेत्रमा प्रगतिशील, अभिनव अनि निर्यात विकासका लागि सहायक हस्तक्षेप (एसपीआइसीईडी (स्पाइस्ड))” योजना अन्तर्गत शुभारम्भ गरिएका विभिन्न कार्यक्रमलाई १५औं वित्त आयोगको रहल अवधिमा वित्त वर्ष २०२५-२६ सम्म कूल ₹४२२.३० करोड अनुमोदित परिव्ययका साथ कार्यान्वित गरिनेछ।

स्पाइस्ड योजनाले मूल्य अभिवृद्धि सुगम बनाउनका साथै मसला क्षेत्रमा मिशन मूल्य अभिवृद्धि, मिशन स्वच्छता अनि सुरक्षित मसला, जीआइ मसलालाई प्रोत्साहन, मसला उद्भवन केन्द्रको माध्यमद्वारा उद्यमितालाई सहयोग आदि जस्ता नयाँ उप-घटक/ कार्यक्रम शुरु गरी नवाचार र वहनीयतालाई अग्रता दिने अपेक्षा गरिएको छ। योजनाले कृषक समूह/ एफपीओ/ ओडीओपी अनि डीईएच अन्तर्गत चिन्हित कृषक समूह, अनुसूचित जाति एवं जनजाति समुदाय, पूर्वोत्तरबाट निर्यातक तथा एसएमईहरूलाई बल गर्दछ। अलैंचीको उत्पादनशीलतामा सुधार र मसलाको फसल कटाइपछिको गुणस्तर उन्नयन जस्ता घटक विशेष रूपमा प्रमुख मसला उत्पादक क्षेत्रका कृषक उत्पादक समूह (एफपीओ), कृषक उत्पादक कम्पनी (एफपीसी) अनि स्वयंसहायता समूहलाई (एसएचजी) सशक्त बनाउने हिसाबले तयार गरिएको छ। यी समूहहरूलाई मसलाको फसल कटाइपछिको सुधारका लागि, लागू हुने खाद्य सुरक्षा एवं गुणस्तर मानकको अनुपालन गर्दै मसलाको निर्यातयोग्य आधिक्य सिर्जनालाई बढाउन लक्षित सहायताका साथ प्राथमिकता प्रदान गरिनेछ।

अलैंचीका लागि कार्यक्रम, दुवै सानो अनि ठूलो अलैंचीका लागि पुनःरोपन प्रयास, गुणस्तर बिरुवाको उत्पादन, जलस्रोतको विकास, सूक्ष्म सिञ्चाई प्रणालीको अङ्गीकरण आदिको माध्यमद्वारा उत्पादनशीलता बढाउन केन्द्रित रहनेछ। यसका अतिरिक्त, कृषकको हितरक्षा गर्न जलवायु आधारित बीमा सुरक्षा प्रोत्साहित गर्ने पनि कार्यक्रम छ। यसै गरी मसलाको फसल कटाइपछिको गुणस्तर सुधारलाई चिन्हित समूहमा फसल कटाइपछिको सुधार, वहनीय उत्पादन तथा प्रमाणिकरण प्रणाली अनि विस्तार परामर्श सेवाको माध्यमद्वारा मिशन स्वच्छता अनि सुरक्षित मसला जस्ता कार्यक्रमद्वारा सम्बोधित गरिनेछ। मसला क्षेत्रमा थप मूल्य अभिवृद्धिलाई सुदृढ बनाउन, बोर्डले बजार विस्तारका लागि क्षमता वृद्धि, कारोबार प्रोत्साहन अनि प्राविधिक हस्तक्षेप जस्ता घटक शुरु गर्नेछ। यी घटकले मसलाको प्रसंस्करण अनि मूल्य अभिवृद्धि, आन्तरिक प्रयोगशालाको स्थापना वा स्तरोन्नति, उत्पाद विकास, बजार विकास तथा ब्राण्डिङ, खाद्य सुरक्षा तथा गुणस्तर सुनिश्चितताको कार्यान्वयनका लागि प्राविधिक एवं पूर्वाधार हस्तक्षेप प्रदान गर्नेछ, जुन सबै मसला क्षेत्रमा भारतको वैश्विक प्रतिस्पर्धितामा सुधार ल्याउन लक्षित छ। व्यापार प्रोत्साहन प्रयासलाई सुदृढ बनाउन, कार्यक्रमलाई अन्तरराष्ट्रिय मेला, खरिददार-बिक्रेता भेला अनि जीआइ ट्यागयुक्त मसलाको घरेलु अनि वैश्विक बजारमा प्रोत्साहन गर्ने हिसाबले तयार गरिएको छ। यसका साथै नवाचार अनि उद्यमिताको पृष्ठपोषण गर्न, स्टार्टअप्सलाई मञ्च प्रदान गर्न, एसएमई र उद्यमीलाई मसला क्षेत्रमा नयाँ उत्पाद अनि प्रक्रिया विकास गर्न बोर्डले मसला उद्भवन केन्द्रलाई वित्तीय सहायता पनि प्रदान गर्दछ। मसला निर्यातकका रूपमा वैध पञ्जिकरण प्रमाणपत्र भएका निर्यातकहरू यी कार्यक्रम अन्तर्गत सहायताका लागि पात्र भए तापनि, प्रथमपटकका आवेदक, लघु एवं मध्यम उद्यम आदिलाई प्राथमिकता दिइनेछ।

स्पाइस्ड योजना अन्तर्गत आवेदनको प्राप्ति एवं प्रसंस्करण अनलाइन रहनेछ। मसला बोर्डका अधिकारीहरूले उत्पादकहरूलाई आवश्यक परे, अनलाइन पोर्टलमा आवेदन जमा गर्न सहयोग गर्नेछन्। योजना गतिविधिलाई जियोट्याग गरिनेछ र धनराशिको उपलब्धता, विभिन्न घटक अन्तर्गत आवेदनको स्थिति, लाभार्थीको सूची आदि बढी पारदर्शिताका लागि बोर्डको वेबसाइटमा प्रकाशित गरिनेछ। यस बहुआयामिक योजनाले बोर्डको भारतीय मसला उद्योगलाई बढावा दिने प्रतिबद्धता, कृषकको आजीविकामा सुधार ल्याउने र मसला उत्पादन, प्रसंस्करण अनि निर्यातमा  भारतको वैश्विक नेतृत्त्वको स्थितिलाई सुदृढ बनाउने कुरा रेखाङ्कित गर्दछ। स्पाइस्ड योजनाको विभिन्न कार्यक्रम अन्तर्गत सहायता प्राप्तिको निम्ति अनलाइन आवेदन जमा गर्ने प्रक्रिया २० सेप्टेम्बर २०२४ देखि शुरु हुनेछ। थप जानकारी अनि सहायताका लागि, इच्छुत हितधारकले बोर्डको वेबसाइट www.indianspices.com  हेर्न वा नजिकैको मसला बोर्डको कार्यालयमा सम्पर्क गर्नसक्नेछन्। -पीआईबी

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement