हङकङमा रहेका वडाध्यक्षलाई फर्काउन माग

IMG-20240913-WA0015

भद्रपुर: ताप्लेजुङको सिरिजङ्गा गाउँपालिकाका–३ का स्थानीयवासीले वैदेशिक रोजगारीमा गएका वडाअध्यक्ष फर्काउन माग गरेका छन्।
एक वर्षदेखि वडाअध्यक्षविहीन बनेका वडाबासीले वडाध्यक्ष नहुँदा वडाबाट प्रवाह हुने सेवा तथा विकासका गतिविधि प्रभावित भएको गुनासो गरेका छन् ।वडाध्यक्ष दिलप्रसाद बोखिम विसं २०२३ अक्टुबरमा वैदेशिक रोजगारीका लागि हङकङ गएका थिए।
त्यसपछि कार्यवाहक अध्यक्षमार्फत वडाका काम गरिए पनि स्थानीयवासीले विकासको गति सुस्त भएको गुनासो गरेका हुन्। वडाअध्यक्षको खोजी गरेर वडा कार्यालयमा कार्य सम्पादन गर्न माग राख्दै गत सेप्टेम्बर ८ मा स्थानीयवासीले गाउँपालिका अध्यक्षलाई ज्ञापनपत्र बुझाएका थिए।
वडाध्यक्षको अनुपस्थितिमा वडाका अन्य जनप्रतिनिधिले समन्वय गरी योजना कार्यान्वयन गर्न कठिनाई भएको उनीहरुको भनाइ छ।
गत साता स्थानीयले गाउँपालिका अध्यक्षलाई तत्काल वडाध्यक्षलाई फर्काउन वा काम गर्न नसक्ने अवस्थामा राजीनामा दिन माग राख्दै पुनः ज्ञापनपत्र बझाएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement