कार्यालय समयमा तास खेल्दै मोरङका एक वडाध्यक्षको चर्तिकला

IMG-20240913-WA0014

भद्रपुर: मोरङको बुढीगंगा गाउँपालिका वडा नम्बर ७ का वडाध्यक्ष पंकज चौधरी थारु कार्यालय समयमा तास खेल्ने गरेको पाइएको छ। वडाध्यक्ष चौधरी कार्यालय समयमा तास खेलिरहेको भिडियो समेत प्राप्त भएको छ।
स्थानीयहरूका अनुसार, वडाध्यक्ष चौधरी वडा कार्यालय आसपासको पसलमा बसेर खुलेआम तास खेल्ने गरेका हुन्। यस्तो व्यवहारले वडाको दैनिक कामकाजमा गम्भीर असर परेको स्थानीयहरूको गुनासो छ। वडाध्यक्ष कार्यालयमा नहुँदा वडाका महत्वपूर्ण कार्यहरू प्रभावित भएको बताइएको छ।
२०२२ को स्थानीय निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार मुरारी लाल विश्वास थारुलाई १०३ मतले हराएर एकीकृत मालेका चौधरी वडाध्यक्षमा निर्वाचित भएका थिए।
तर निर्वाचित भएदेखि नै उनी कार्यालय समयमा कार्यालयमा नबस्ने र सार्वजनिक स्थानमा समेत तास खेल्ने गरेको स्थानीयहरूको आरोप छ।
यता वडाध्यक्ष चौधरी भने कार्यालयको कामलाई प्रभावित नहुने गरि तास खेलेको बताउछन्। नेपालको कानून अनुसार सार्वजनिक स्थानमा जुवा खेल्नु गैरकानूनी कार्य हो। यस्तो अपराधमा ३ महिनासम्म कैद र ३० हजार रुपैयाँसम्म जरिवाना हुन सक्छ। बारम्बार यस्तो कार्य गरेमा ६ महिनासम्म कैद र ४० हजार रुपैयाँसम्म जरिवाना हुने व्यवस्था रहेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement