पोखरीमा डुबेर एकजना किशोरको मृत्यु

deadbody.jpg

फाँसीदेवा: हालमा गर्मीको मौसम छ।यस गर्मीबाट राहत पाउन हेतु पोखरीमा नुहाउन गएका एकजना किशोरको पोखरीमा डुबेर मृत्यु भएको घटना प्रकाशमा आएको छ।यो घटना फाँसीदेवा बीडीओ अफिसको पोखरीमा घटेको हो।पोखरीमा डुबेर मर्ने मृतक किशोर फाँसीदेवाको रुपनदिघी इलाका निवासी १२ वर्षीय विवेक गोस्वामीको रूपमा चिन्हित गरिएको छ। प्राप्त जानकारी अनुसार आज छुट्टीको दिन आफ्ना ५ जना साथीहरू फाँसीदेवा खण्ड विकास कार्यालयको पोखरीमा नुहाउन गएको समय तीमध्ये विवेक पोखरीमा डुबेपछि तिनका साथीहरू चिच्याउन थालेपछि स्थानीय मानिसहरू घटनास्थलमा आइपुगे। स्थानीय मानिसहरूले विवेकलाई उद्धार गरेर फाँसीदेवा ग्रामीण अस्पतालमा लगे तापनि चिकित्सकहरूले तिनलाई मृत घोषित गरिदिए। घटनाको खबर पाएर फाँसीदेवा थाना पुलिस घटनास्थलमा पुगेर शव उद्धार गरेर पोस्टमार्टमको लागि उत्तरबंग मेडिकल कलेज एवम् अस्पतालमा पठाएको छ। छुट्टीको दिन ब्लक अफिसको गेट खुल्लै राखेकोले गर्दा उक्त घटना घटेको परिवारका सदस्यहरूले आरोप लगाए। घटनाको जाँच शुरू गरेको पुलिस सूत्रले जनाएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement