अब पुनर्सीमांकन भए दार्जिलिङ संसदीय सिट पहाड़को नेपाली भाषीहरू रहेको तीनवटा ठाउँ र डुवर्सको केही भाग लिएर हुनुपर्छ: आरबी राई

IMG-20240913-WA0163

सोनादा: क्रामाकपाको मुख्य मुद्दा भनेको गोर्खाल्याण्डको लागि संगठित रूपमा सबै मिलेर गैर साम्प्रदायिक र अहिंसात्मक आन्दोलन चलाउनु पर्छ भन्ने हो। चुनावमा भाजपालाई सघाएर भाजपालाई सघाएर गठबन्धन बनाउने प्रयास गर्यौं र दिल्ली गएर गृहमन्त्रीलाई भेट्ने काम गरियो तर त्यसमा भनेको जस्तो मजबुद कार्य गर्न सकेको छैन भनी पूर्व सांसद, क्रामाकापाको पूर्व अध्यक्ष एंव वर्तमान प्रमुख सल्लाहकार आरबी राईले बताएका छन्। उनले साथीहरू गोर्खाल्याण्ड हुनु हुँदैन भन्ने राज्यको तृणमूल सरकारसित मिल्न पुगेको छ अनि अर्कोतिर भाजपाले जुन प्रकारले हाम्रो मुद्दाप्रति कटिबध्द थियो तर चुनाव घोषणा पत्र अनुसार कार्य गर्न सकेको छैन र हामी भाजपाको पनि आलोचक भएका छौं भनी बताएका छन्। आरबी राईले पत्रकारहरूसित कुराकानी गर्दै भने, ‘केन्द्रमा बहुमतको सरकार भए पनि यो सरकारले हाम्रो प्रश्नमाथि इमान्दारीपूर्वक हेरेको छैन। तर जनता नै सर्वोपरि हो र जनताले नै निर्णय लिनेछ यसमाथि।’
आरबी राईले पूर्नर्सीमांकन विषयमा बोल्दै भने, ‘पुनर्सीमांकन १०-१० वर्षमा हुने कुरा हो। यसक लागि क्रामाकपाले पनि सोचेको छ। यसको लागि कमिटी पनि बनिएको छ। अहिले दार्जिलिङको लोकसभा संसदीय सिट जुन छ त्यो पहाड़को नेपाली भाषीहरू लिएर मात्रै बनिनुपर्छ भन्ने छ र यसपाली दार्जिलिङ पहाड़को तीनवटा पहाड़हरू र डुवर्सका केही भाग लिएर पुनर्सीमांकन भन्ने टेक छ। तर पुनर्सीमांकन हुँदा जनसंख्याको आधारमा पनि कतिजना विधायकहरू र सांसद हुन्छ त्यो छुट्टाइन्छ।’
जीटीएद्वारा नेपाली भाषा प्रयोगको लागि गरेको पहलप्रति बोल्दै नेपाली भाषाको प्रयोगक कुरालाई स्वागत र धन्यवाद छ। किनभने भाषाको ज्यान लेखापढी र व्यवहारमा हुन्छ। सरकारी कागज पत्रहरूमा लिखित रूपमा नेपाली भाषाको प्रयोग हुनुपर्छ र यसो गरिए नेपाली भाषामा नोकारीको अवसरहरू सिर्जना हुन्छ। नेपाली भाषामा सर्कुलर निस्कन्दा अनुवादकहरूको लागि नोकरी टके सिर्जना हुन्छ। यसको लागि जिल्ला शासकक कार्लालय, सूचना अनि सांस्कृतिक विभागमा सूचनाहरू सबै नेपालीमा भएको राम्रो हुन्छ अनि नेपाली भाषा जान्ने बुझ्ने र लेख्न सक्ने व्यक्तिले नोकरी पाउनु सजिलो हुन्छ।’
पूर्व सांसद आरबी राईले हालमा आफु ७७ वर्ष पुगेको र गत दुई वर्ष अघि नै क्रामाकपाको अध्यक्ष पदबाट राजीनामा दिएर हालमा पार्टीको सल्ल्हकारको रूपमा रहेको बताउँदै उमेर र शारीरिक रूपमा दुर्बलताले गर्दा हालमा मूलधारको राजनीतिदेखि टाड़ा रहेको बताएका छन्। उनले आफु देशको नागरिक भएको हिसाबले राजनीतिक विचार राख्न खोजेको बताउँदै आफु हालमा पनि अन्तर्राष्ट्रीय, राष्ट्रीय, राज्य र पहाड़को राजनीतिमाथि विचार पोख्न आफु तत्पर रहेको बताएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement