डायमण्ड लीग फाइनलमा दोस्रो स्थानको वाधा पार गर्न चाहन्छन् नीरज चोपड़ा

IMG-20240913-WA0003

नयाँ दिल्ली: भारतका दिग्गज ज्याभलिन थ्रो एथलीट नीरज चोपड़ा र स्टीपलचेज खेलाड़ी अविनाश साबले शुक्रवारदेखि शुरु हुने डायमण्ड लीग फाइनलमा उत्कृष्ट प्रदर्शन गर्न छन्। पहिलोपल्ट डायमण्ड लीग फाइनल दुई दिनको हुनेछ, जसमा ओलम्पिक पदक विजेताहरू सहित विश्वकी शीर्ष खेलाड़ीहरूले ३२ वटा स्पर्धामा हिस्सा लिनेछन्। भारतका साबलेले ३०० मीटर स्टीपलचेजमा चुनौती पेश गर्नेछन्। राष्ट्रिय रेकर्डधारी साबले पेरिस ओलम्पिकको फाइनलमा एघाह्रौं स्थानमा रहेका थिए। यसपाली उनी पहिलोपल्ट डायमण्ड लीग सत्रको फाइनलमा ओर्लिनेछन्। साबलेले शुक्रवार चुनौती पेश गर्नेछन्। यसरी टोक्यो ओलम्पिकमा स्वर्णपछि पेरिसमा रजत पदक जित्ने नीरज चोपड़ा शनिवार ओर्लिनेछन् अनि उनी जीतको साथ सत्रको समापन गर्न चाहन्छन्। नीरज १४ अंकको साथ चौथो स्थानमा रहेर फाइनलमा पुगेका छन्। उनी दोहा र लुसाने चरणमा दोस्रो स्थानमा रहेका थिए । नीरज पेरिस ओलम्पिकमा पनि दोस्रो स्थानमा रहेका थिए। यसैकारण उनको लक्ष्य डायमण्ड लीग फाइनलमा पहिलो स्थानमा रहेर खिताब जित्ने रहनेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement