नयाँ दिल्ली: भारतीय ओलम्पिक संघ (आईओए)-की अध्यक्ष पीटी उषाले कोषाध्यक्ष सहदेव यादवलाई कारण बताउ नोटिस जारी गरेकी छन्। यादवको चुनाउद्वारा राष्ट्रिय खेल संहिताको उल्लंघनको नालिशपछि उषाले यस्तो कदम उठाएकी छन्। गत १० सेप्टेम्बरमा लेखेको पत्रमा उषाले यादवलाई २४ सेप्टेम्बरसम्म जवाफ दिनु भनेकी छन्। पत्रको एक प्रति केन्द्रीय खेलमन्त्री मनसुख माण्डविया र अन्तर्राष्ट्रिय ओलम्पिक समिति (आईओसी)-को एनओसी (राष्ट्रिय ओलम्पिक समिति) सम्बन्ध विभागका सहायक निदेशक जेरोमी पोइवीलाई पनि पठाइएको छ। वास्तवमा नालिशकर्ताले यादव र अन्य केही अधिकारीहरूले पदमा कायम रहन खेल संहिताको आयु र कार्यकालको सीमा सम्बन्धी नियमहरूको उल्लंघन गरेका थिए। खेल संहिताअन्तर्गत विभिन्न पदमा लगातार १२ सालसम्म रहेपछि पद छोड़्नु पर्छ। यादव यसअघि भारतीय भारोत्तोलन महासंघका सचिव थिए अनि १५ सालसम्म त्यस पदमा रहेका थिए। नालिशकर्ताले भारतीय राष्ट्रिय राइफल संघका उपाध्यक्ष अजय पटेल, भारतीय वुशु महासंघका भूपिन्दर सिंह बाजवा र भारतीय नौकायन महासंघका अध्यक्ष राजलक्ष्मी सिंह देवसहित आईओए-का अन्य सदस्यहरूविरुद्ध पनि खेल संहिताको पालन नगरेकोमा चिन्ता व्यक्त गरेका छन्। यी सबैलाई तुरन्त आईओए-को कार्यकारी समितिबाट हटाउने माग गरेका छन्। आईओए-ले नालिशकर्ताको पहिचान गोपनीय राखेको छ।









