औषधीय उद्भिद संरक्षण र कृषि प्रविधि योजनालाई लिएर सम्झौता

IMG-20240912-WA0353

गान्तोक: गान्तोकको क्षेत्रीय आयुर्वेद अनुसन्धान संस्थान र जीबी पन्त राष्ट्रिय हिमालय पर्यावरण संस्थानबीच आठ वनस्पति र कृषि प्रविधिको विकास परियोजनाको लागि सम्झौता भएको छ। भारत सरकारको आयुष मन्त्रालयअन्तर्गत सेन्ट्रल काउन्सिल फर रिसर्च इन आयुर्वेदिक साइन्सेस आयुष मन्त्रालयको आर्थिक सहयोगमा यो परियोजना तीन वर्षसम्म चल्नेछ। यसको उद्देश्य हिमालय क्षेत्रमा उच्च मूल्यको औषधीय अर्किड प्रजातिहरूको वर्तमान स्थिति, वितरण र खोजी गर्नु, बिरुवाको टिस्युकल्चर मार्फत जनप्रसार गर्नु र स्थानीय क़ृषकनहरूबीच दिगो खेती गर्ने अभ्यासहरू विस्तार गर्नु रहेको छ। यस परियोजनाका लागि लक्षित बिरुवाहरूमा क्रेपिडियम, एक्युमिनाटम, मलाक्सिस, मस्सिफेरा, हबेनारिया, एजवर्थी, हेबेनारिया र इन्टरमिडिया रहेका छन्। कार्यक्रममा अनिमेश सेनले योजनाबारे बताए। डा. अचिनत्य मित्रा र डा. राजेश जोशीले दिगो कृषि अभ्यासलाई बढावा दिन र मूल्यवान वस्तुहरूको संरक्षणमा परियोजनाको लक्ष्य रहेको बताए। अर्का वैज्ञानिक सन्दीप रावत र डा. कैलाश एस. गैराले यस परियोजनाको विस्तृत विवरण दिँदै औषधीय वनस्पति प्रजातिको संरक्षण र सिक्किममा दिगो कृषिलाई प्रवर्द्धन गर्ने सम्भावनाबारे प्रकाश पारे। यस सहकार्यले यस क्षेत्रको जैविक विविधता संरक्षणमा लाभ पुग्ने बताए।

About Author

Advertisement